नेपाल र श्रीलंकाबिच आपसी सहयोग अभिवृद्धि सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल सिरिसेनाबिच शनिबार बेलुका राष्ट्रपति कार्यालय शीतल निवासमा द्विपक्षीय वार्ता भएको छ ।

त्यस अवसरमा नेपाल–श्रीलङ्का सम्बन्धका सबै पक्षमा सङ्क्षिप्त विचारविमर्श हुनुका साथै पारस्परिक हित र चासोका विषयमा छलफल भएको थियो । राष्ट्रपतिद्वयको उपस्थितिमा दुवै देशका अधिकारीले आपसी सहयोग अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालको परराष्ट्र अध्ययन प्रतिष्ठान र श्रीलङ्काको बन्दरानायके अन्तर्राष्ट्रिय कूटनीतिक प्रशिक्षण प्रतिष्ठानबिच सहकार्यको समझदारी भएको छ । उक्त समझदारीपत्रमा परराष्ट्र सचिव शङ्करदास वैरागी र नेपालका लागि श्रीलङ्काली राजदूत डब्ल्यू एस परेराले हस्ताक्षर गरे ।

त्यसैगरी दुई देशबिच युवा विकास सम्बन्धी समझदारी भएको छ । आपसी सहयोगसम्बन्धी समझदारीपत्रमा युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले हस्ताक्षर गरे ।

दुई पक्षीय वार्तामा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रीलङ्काका विदेश राज्यमन्त्री वसन्ता सेनानायके, परराष्ट्र सचिव शङ्करदास वैरागी, श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍याल र नेपालका लागि श्रीलङ्काका राजदूत डब्ल्यू एस परेरा तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।

राष्ट्रपति भण्डारीले आफ्ना श्रीलङ्काली समकक्षीको सम्मानमा रात्रिभोजको आयोजना पति गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...