दुर्घटनामा हवल्दारको मृत्यु



 

 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक गए राति मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सहायक हवल्दार भीमदत्तनगरपालिका–१८ खैरभट्टी घर भएका अन्दाजी ३२ वर्षीय हरिश भट्टको मृत्यु भएको छ ।

 

कैलालीको टिकापुरबाट से२प ९६६९ नं को मोटरसाइकलमा आउँदै गरेका भट्ट चढेको मोटरसाइकल र भीमदत्तनगरबाट धनगढीतर्फ जाँदै गरेको से१ज ८६२ नं को भ्यान आपसमा ठोक्किँदा उहाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताउनुभयो ।

 

दुर्घटनामा भएको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीको टोलीले सख्त घाइते अवस्थामा भेटिएका भट्टलाई तत्कालै उपचारार्थ अत्तरियाको अस्पतालमा भर्ना गरे पनि उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको हलद्धानीतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको हो ।

 

ठक्कर दिने भ्यान र चालक इप्रका झलारीको नियन्त्रणमा रहेका छन् । भट्ट उग्रतारा सशस्त्र प्रहरी गण टिकापुरमा सहायक हवल्दार पदमा कार्यरत रहेको बुझिएको छ ।

 

यसैगरी मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा गए राति मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३प ७९०९ नं को मोटरसाइकलको ठक्करबाट तेह्रथुमको लालीगुँरास नगरपालिका–२ घर भएका ५५ वर्षीय उद्धव मोतेको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोतेलाई उपचारका लागि स्थानीय पथरी अस्पतालमा पु¥याउने बित्तिकै मृत्यु भएको हो ।

 

ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय