रक्षामन्‍त्रीको छाता प्रकरण : स्वकीय सचिवले भने – नियत नै बाङ्गो



 

 

बिमस्टेकको सम्मेलनमा भाग लिन आउने क्रममा अतिथि सत्कारको जिम्मा पाएका थिए उपप्रधानमन्त्री ईश्वर पोखरेलले । पोखरेलले थायल्यान्डका प्रधानमन्त्रीलाई स्वागत गर्ने क्रममा उनलाई सेनाले छाता ओडाएका थिए ।

तर, थाइल्यान्डका प्रधानमन्त्रीले भने आफैले छाता समाएका थिए । यो तस्विरको विषयमा तुलाना गर्दै सामाजिक सञ्जालमा पोखरेलको निकौ आलोचना भएको छ । तर, आइतबार बिहान पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले त्यसको प्रतिवाद गर्दै फेसबुकमा स्टाटस लेखेका छन् । स्टासमा उनले नियत बाङ्गो भएकाहरुले गरेको कु प्रचार भन्दै यसरी स्पष्टिकरण दिएका छन्

लेख्नै पर्ने भएपछि लेख्दैछु, तल राखिएको फोटोका बारेमा एक प्रत्यक्षदर्शीको हैसियतले यथार्थ घटना जानकारी गराउन खोज्दैछु ।

विमस्टेकमा सहभागी हुने अति विशिष्ट पाहुना (राष्ट्रपति र प्रधानमन्त्री) हरुलाई उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागतरविदाई गर्ने सरकारको योजना बमोजिम २०७५ भाद्र १५ गते पनि उहाँसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरुसहित हामी दिउँसो १२।३० बजे विमानस्थको विशिष्ट व्यक्तित्वलाई स्वागतरविदाई गर्ने स्थलमा पुगिसकेका थियौं ।

दिउँसो १ बजे बंगलादेशका प्रधानमन्त्री शेख हसिनालाई विदाई गरेपछि १।३० बजे थाइल्याण्डका प्रधानमन्त्र चाङ–ओ–चा निर्धा्रित समयमै विमानस्थल पुग्नुभयो । उहाँलाई गाडिबाट स्वागत गरी सम्मान गर्ने स्थलमा पैदल स्कर्टिङ गरिरहँदा एक्कासी सिमसिमे पानी पर्‍यो ।

मौसममा आउने सामान्य परिवर्तनले यस्तो विशिष्ट व्यक्तिका लागि निर्धा्रित तालिका र व्यवस्थालाई परिवर्तन गरेर ‘एकछिन रोकौं’ भन्ने कुरा भएन, पैदल स्कर्टिङ अगाडि बढिरह्यो । यही निमेषमै एकजना नेपाली सेनाका साथीले एउटा छाता लिएर आउनुभयो, र उपप्रधानमन्त्रीज्यूले स्वभाविक हिसाबले अतिथि थाइल्याण्डका प्रधानमन्त्रीलाई ओडाईदिन निर्देशन दिनुभयो र सेनाका ती साथीले सोही गर्नुभयो । सेनाका ती साथीभन्दा थाइल्याण्डका प्रधानमन्त्री अग्लो भएकाले छाता ओडाई अलि अप्ठ्यारो भएपछि थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता आफै बोक्नुभयो र यात्रा अगाडि बढ्यो ।
यत्तिकैमा नेपाली सेनाका अरु साथीहरुले पनि केही छाता बोकेर पछाडिबाट कुदेर आउनुभयो र उपप्रधानमन्त्री सहित अन्य महानुभावहरुलाई पानीबाट जोगाउन प्रयास गर्नुभयो । विदाई कार्यक्रममा फोटोमा देखाइएका भन्दा अरु धेरै जना उच्च तहका नेपाल तथा थाइल्याण्डका पदाधिकारीहरुको उपस्थिति थियो । यद्यपी व्यक्तिलाई रुझाउने खालको पानी अवश्य थिएन, मसिनो सिमसिम पानी परिरहेको थियो । विदाई गर्ने स्थलमा पुगेपछि उपप्रधानन्त्रीज्यूले पाहुनालाई फूलको गुच्छा प्रदान गरी विदाई गर्नुभयो ।

फूलको गुच्छा लिने बेलामा पाहुना थाइल्याण्डका प्रधानमन्त्रीज्यूले छाता फेरि नेपाली सेनाका साथीलाई सुम्पनुभयो र फूल स्वीकारी अगाडि तयार भइसकेको स्कर्टसहितको गाडि चढ्नुभयो । राष्ट्रको औपचारिक समारोह भएकाले पत्रकार तथा क्यामरापर्सनहरु प्रशस्त तयारी अवस्थामा हुनुहुन्थ्यो र सम्पूर्ण घटना क्यामेरामा कैद गरिरहनु भएको थियो । लेख्दा लामो भएपनि यो विवरण लगभग १० सेकेण्डभित्रको घटना हो ।

यही निमेषको घटनामा खिचिएका सयौं फोटोमध्ये एक फोटोमा आधारित भएर समग्र व्यक्तिको चरित्रसँग तुलना गरेर फेसबुकमा चासोहरु व्यक्त भइइरहे । यो स्पष्टीकरण हाम्रा असल नियतका साथीहरुका लागि सम्प्रेषण गरिएको हो, जो यथार्थ जानकारी नहुँदा फेसबुकमा आएका तुच्छ शब्दहरुबाट दुःखित तर डिफेन्सिभ हुनुभएका छन् ।

नियत नै बांगा भएका महानुभावहरुलाई यो समय खर्चनु आवश्यक थिएन र खर्चेको पनि हैन । मसिनो घटनालाई अतिरञ्जित गरि प्रस्तुत गर्ने र त्यसलाइै विश्वास गर्ने महानुभावहरुप्रति रिस हैन, दया लागेको छ र चिन्ता पनि लागेको छ – हाम्रो समाजमा यस्ता महानुभावहरुको उपस्थिति छ भनेर ।

 

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय