जेलबाट भागेको २५ बर्षपछि गोरेले गरे प्रहरीसमक्ष आत्मसमर्पण



हाम्रो इकोनोमि

 

 

‘छोरी र आफन्तसंग बिदाबारी भएर घरबाट भारी मनले निस्किए। अब १२ वर्ष जेल बस्नु थियो।’ सुवर्णावती २ खुंग्री महेन्द्रीका ४५ वर्षिय गीरे भनिने गोरे सुनार २५ बर्ष पछि आफै अदालत पुगे। ‘बाटो भरी मनमा धेरै कुरा खेलाउँदै आए।

पहिला ३ महिना २६ दिन बसेको जेल अब अरु १२ बर्ष बस्नु पर्ने थियो। बिरक्त लागे जस्तो, केहि सोच्न नसके जस्तो भयो। बाटो भरि कल्पना समेत हराए अनुभुती गरे।’

 

भाद्र १३ गते राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष मेघनाथ बिष्टसंग साथ लागेर जिल्ला प्रशासन कार्यालयमा गएका उनी सोहि दिन आफै अदालत पुगे। ‘पहिला सिडिओ सापकोमा गएँ।

उहाँले अदालतमा जानुस भनेकाले उतै गएँ।’ स्थानीय वकिलको सहायताले अदालत पुगेका उनलाई कर्मचारीले प्रकृया पुर्‍याएर कारागारको जिम्मा लगाई दिए। ‘अदालतका एक जना सरले कारागारमा ल्याएर जिम्मा लगाईदिनु भो।’

 

‘आफै अदालत उपस्थित भएर बाकी कैद फैसला कट्टा गरिपाउँ भनी निवेदन दिएकाले, १२ बर्ष कैद फैसला भनिएता पनि मुलुकी अपराध संहिता २०७४ को दफा १८३ ले ज्यानमार्ने नियतले त्यस्तो उद्योग गरेमा १० बर्ष कैद हुने देखिदा पहिले भुक्तानि गरेका कैद कटाएर ९ बर्ष ८ महिना ४ दिन कैदमा राख्नु।’ अदालतले कारागारलाई लेखेको पत्रमा उल्लेख छ। ‘उहाँ आफै सजाय पाउँ भनी अदालत आउनु भो।

आत्मसर्मपण गर्न आउनुले कानुनलाई सहयोग गरेको मानिन्छ। मुलुकी अपराध संहिता अनुसार हुने गरि कारागारमा बुझाई दिएका हौ,’ जिल्ला अदालतका श्रेष्तेदार मान बहादुर बिस्टले भने।

२०५० सालमा ज्यान मार्ने उद्योगमा कारागार पुगेका सुनार अदालतले फैसला नगर्दै त्यहि बर्ष भदौ २० गते अरु दुई जनासंगै डोरीको सहायताले रोल्पा कारागारबाट भागेका थिए। ‘भर्खरै २० बर्ष पुगेको थिए। जेलमा भेटिएकाको लहलहैमा लागेर जेलबाट भागे।

खुरुक्क यहि बसेको भए आजसम्म टन्टै सकिन्थ्यो।’ उनी भागेको करिब ९ महिना पछि अदालतले उनलाई १२ बर्ष जेल सजाय सुनाएको थियो। त्यो बेला जेलबाट भागे पछि लुक्दै भारत पुगेका थिए उनी।

यो बिचमा १७ बर्ष भारतमा रोजगारि गरेका सुनारले ९ बर्ष साउदी अरब बसेको बताउँछन। ‘जीवनको २५ बर्ष गाउँ बाहिर बसे। कति लुकेर बस्नु भन्ने लाग्यो। सधै पुलीसको डर’ सुनारले सुनाए। ‘दुई बर्ष अगाडि श्रीमति बित्यो। त्यसको १३ दिनमा माईलो भाई पनि बित्यो।

उनीहरुले संसार छोडेको डेढ बर्ष नपुग्दै कान्छो भाई पनि मर्यो। म आफु पनि बिरामि पर्न थाले । कतै गल्तीको सजायले पो यस्तो भयोकी जस्तो लाग्यो। छोरीले पनि गल्ती गरेकै हो भने जानुस भनिन्। धेरै सोचे अनि आए,’ कारागारमा बसेका सुनारले भने।

‘छोराले उतै भारत तिर बिहे गरेको छ। उतै कमाउँछ। छोरीले पनि उतै पढ्छ। मैले अपराध गरेकै हो। सजाय काटेर बाकी जीवन ढुक्कले बाच्छु। आफ्नै बुद्धिले २० बर्षको उमेरमा गरेको गल्तीको सजाय ४५ बर्षको उमेरमा भोग्नु पर्ने भो।’

 

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...