उपप्रधानमन्त्री उपेन्द्रलाई यादवलाई कालो झन्डा देखाउँनेको यसरी गयो ज्यान



हाम्रो इकोनोमि

 

संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव उपस्थित कार्यक्रममा कालो झन्डा देखाउँदै होहल्ला गरेको अभियोगमा पक्राउ परी ७ भदौदेखि प्रहरी हिरासतमा राखिएका युवा राममनोहर यादवको मृत्यु भएको छ ।

 

बिहीबार बर्दिया जिल्ला प्रहरी कार्यालयको हिरासतमै बेहोस भेटिएपछि उपचारका लागि निकालिएका राममनोहरको शनिबार बिहान शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । २ दिनसम्म नेपालगन्जमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि काठमाडौं ल्याइएका उनको उपचारकै क्रममा ज्यान गएको हो ।

 

बिहीबार बिहान ६ बजे हिरासतबाट जिल्ला अस्पताल पु-याइएका उनलाई प्राथमिक उपचारपछि प्रहरीले दिउँसो नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल लगेको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले २४ घन्टा आइसियूमा राखेर उपचार गर्न निर्देशन दिए पनि अस्पतालमा आइसियू बेड खाली नभएपछि तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल रेफर भयो । तर, शुक्रबार दिउँसोसम्म राममनोहरको स्वास्थ्यमा सुधार नआएपछि काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पताल रेफर भयो ।

 

दिउँसै एकजना मेडिकल अफिसर, दुई प्रहरी र उनकी श्रीमतीसहितको टोलीको साथ लगाएर राममनोहरलाई बर्दिया प्रहरीले जहाजमा काठमाडौं पठायो । थप उपचारका लागि नेपालगन्जबाट जहाजमा काठमाडौं पठाएको बर्दिया प्रहरी प्रवक्ता डिएसपी दलबहादुर बोगटीले बताए ।

 

तर, उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगन्जमा शनिबार बिहान करिब साढे २ बजे उनको मृत्यु भयो ।  ‘प्रहरीका तर्फबाट हरसम्भव प्रयास गरिएको हो, तर दुभाग्य बचाउन सकिएन,’ डिएसपी बोगटीले भने ।

 

अस्पताल पु-याउँदा प्यारालाइसिस भइसकेको थियो
राममनोहरलाई भेरी अञ्चल अस्पताल पु-याउँदा प्यारालाइसिस भइसकेको थियो । अस्पताल ल्याउँदा टाउकोमा रगत जमिसकेको देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

 

‘टाउकोमा रगत जमेर हो या नलीमा रगत जाम भएर हो, उनलाई प्यारालाइसिस भइसकेको थियो,’ डा. थापाले भने, ‘हातखुट्टा नचल्ने भइसकेको, केस जटिल थियो । २४ घन्टा आइसियूमा राखेर उपचार गर्नुपर्ने भएकाले हामीले मेडिकल कलेज रेफर ग-यौँ ।’

 

प्रहरी भन्छ– स्वास्थ्य जाँच गरेरै हिरासतमा राखेको हो
गिरफ्तार गर्नासाथ चारैजनाको स्वास्थ्य जाँच गरेको प्रहरीले जनाएको छ । स्वास्थ्य जाँचपछि म्याद थप गरेर हिरासतमा राखेको प्रवक्ता डिएसपी बोगटीले बताए । पहिलोपटक स्वास्थ्य जाँच गराउँदा राममनोहरको रक्तचाप उच्च देखिएको उनले जानकारी दिए ।

अन्य तीनजनालाई राज्यविप्लवकै मुद्दामा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता बोगटी बताउँछन् ।

 

पटक–पटक पक्राउ पर्दै छुटेका थिए
–नेपालगन्जस्थित महेन्द्रपार्कबाट राममनोहरसहित ८ जनलाई ६ चैत ०७२ मा प्रहरीले गिरफ्तार गरी राज्यविप्लवको मुद्दा चलाएको थियो । उक्त मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतले ३ फागुन ०७४ मा उनलाई सफाइ दिएको थियो ।

 

–स्वतन्त्र मधेस गठबन्धनले नेपालगन्जमा आयोजना गरेको ‘रंगभेदी दिवस’ नाम दिइएको कार्यक्रममा सहभागी उनी १० मंसिर ०७३ मा पनि पक्राउ परेका थिए । उनी १२ मंसिर ०७३ मा छुटेका थिए ।

 

–स्थानीय तहको निर्वाचनअघि ‘नो भोट’को प्रचार–प्रसार गरेको आरोपमा २ असार ०७४ मा पक्राउ परेका राममनोहर उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जको आदेशपछि १९ असार ०७५ मा हिरासतमुक्त भएका थिए ।

 

यसरी लाग्यो राज्यविप्लवको मुद्दा
भदौ ७ गते । संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव बर्दिया सदरमुकाम गुलरिया आएका थिए । कार्यक्रम सरकारी होइन, पार्टीको थियो । यादव प्रमुख अतिथिका रूपमा आमन्त्रित थिए । कार्यक्रमस्थल जिल्ला समन्वय समिति बर्दियाको सभाकक्ष फोरमका नेता–कार्यकर्ताले खचाखच भरिएको थियो ।

 

कार्यक्रम सुरु हुँदासम्म परिस्थिति शान्त थियो । तर, केहीबेरमै होहल्ला सुरु भयो । होहल्ला गर्नेमध्ये एक थिए– राममनोहर यादव । सिके राउतले नेतृत्व गरेको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध उनीसहित केही कार्यकता कार्यक्रम बिथोल्न उपस्थित रहेछन् ।

 

बर्दिया प्रहरीले तत्काल नियन्त्रणमा लियो । कार्यक्रम बिथोलेर आतंक सिर्जना गर्न खोजेको आरोप लगाउँदै राज्यविप्लवको मुद्दा दायर ग-यो । बाँकेको जानकी गाउँपालिका–६ गनापुरका ३० वर्षीय राममनोहरसहित हरपाल सिंह, इरफान शेख र राजितराम बर्मालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा एउटै कोठामा राखियो । राममनोहरको ज्यान गइसकेको छ, अरू हिरासतमै छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...