बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन सकिँदैन : उपसभामुख



हाम्रो इकोनोमि

 

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसकिने बताएकी छिन् ।

 

नेपाल राष्ट्र बैंक कर्मचारी संघ महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले मृत्युदण्डको कानुन अहिलेकै अवस्थामा बनाउन नसकिने स्पष्ट पारेकी हुन् ।

 

‘नेपालले जस्तोसुकै अवस्थामा पनि नागरिकले बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र अभिसन्धीमा हस्ताक्षर गरेको छ,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘नेपाल त्यस सम्झौतामा भएकाले त्यस्तो कानुन बनाउन सकिँदैन ।’

 

उपसभामुखले संघीय संसदले महिला हिंसाका बारेमा कठोर कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाइन् । ‘जन्मकैद जस्ता कठोर व्यवस्था भएको कानुन बनाउन सकिन्छ,’ उनले भनिन् ।

 

नेपाली महिलाले कला, संस्कृतिको संरक्षण गरिरहेको कामको उल्लेख गर्दा विभेदकारी संस्कृतिलाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...