बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन सकिँदैन : उपसभामुख



हाम्रो इकोनोमि

 

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले बलात्कारीका लागि मृत्युदण्डको कानुन बनाउन नसकिने बताएकी छिन् ।

 

नेपाल राष्ट्र बैंक कर्मचारी संघ महिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उपसभामुख तुम्बाहाम्फेले मृत्युदण्डको कानुन अहिलेकै अवस्थामा बनाउन नसकिने स्पष्ट पारेकी हुन् ।

 

‘नेपालले जस्तोसुकै अवस्थामा पनि नागरिकले बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने गरी अन्तर्राष्ट्रिय सन्धी, सम्झौता र अभिसन्धीमा हस्ताक्षर गरेको छ,’ उपसभामुख तुम्बाहाम्फेले भनिन्, ‘नेपाल त्यस सम्झौतामा भएकाले त्यस्तो कानुन बनाउन सकिँदैन ।’

 

उपसभामुखले संघीय संसदले महिला हिंसाका बारेमा कठोर कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाइन् । ‘जन्मकैद जस्ता कठोर व्यवस्था भएको कानुन बनाउन सकिन्छ,’ उनले भनिन् ।

 

नेपाली महिलाले कला, संस्कृतिको संरक्षण गरिरहेको कामको उल्लेख गर्दा विभेदकारी संस्कृतिलाई परिमार्जन गर्दै लैजानु पर्नेमा जोड दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
इरानी सेनाका प्रवक्ता अली मोहम्मद मारिए

  इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युशनरी गार्डका प्रवक्ता जनरल अलि मोहम्मद नाइनी मारिएका...

लुम्बिनीका विभिन्न ठाउँमा हावाहुरीको वितण्डा, दिउँसै अँध्यारो

     बुटवलसहित लुम्बिनी प्रदेशका ठूला हावाहुरी चलेको छ । मौसम विज्ञान विभागका...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गगन अनुपस्थित

    नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश...

कुवेतको तेल प्रशोधन केन्द्रमा इरानले गर्‍यो ड्रोन आक्रमण

    मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरान बीचको युद्ध तेस्रो हप्तामा प्रवेश गरिरहँदा...