भारतले विप्लवमाथि लगायो भारतीय माओवादीलाई हतियार सप्लाई गम्भीर आरोप, रेड कर्नर नोटिस जारी गर्ने तयारी



हाम्रो इकोनोमि

 

भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुन गरेकाे अाराेप लगाएकाे छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हाे ।

 

शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले पत्रकार सम्मेलन गरेर नेपालबाट भारतीय नक्सलाइट माओवादीलाई हतियार आउने गरेको तथ्य सार्वजनिक गरेका हुन्।

 

भारतीय माओवादीका नेता तथा समर्थकहरू रोना विल्सन, सुरेन्द्र गाडलिंग, सुधीर ढबले, शोमा सेन र महेश राउत पक्राउ परेपछि उनीहरूको कोठाबाट बरामद भएको दस्तावेजले अरु थुप्रै गोप्य कुराहरू खोलेको महाराष्ट्रा पुलिसका एडीजी सिंहले बताएका छ ।

 

महाराष्ट्रा पुलिसले नक्सलाइट माओवादीका नेताहरू बस्ने घरमा अप्रिल १७ तारिखमा छापामारेको थियो । पक्राउ पर्नेमा अधिकांश माओवादी नेताहरू प्रोफेसर, वकिल लगायतका क्षेत्रमा काम गर्दै आएका थिए । सिंहले नेपालका सप्लायर्सले हतियार भारतीय माओवादीलाई दिएको बताए पनि उनीहरूको नाम खोलेका छैनन् ।

 

यद्यपि भारतीय सुरक्षा निकायले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नक्सलाइट माओवादीलाई हतियार दिने गरेको आरोप लगाउँदै आएको छ ।

 

भारतीय सुरक्षाका उच्च निकायले भारतीय नक्सलाइट माओवादीलाई हतियार सप्लाई हुन नदिन नेपालकाे सुरक्षा निकायसँग समन्वय गरी इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गर्ने तयारीमा जुटेकाे छ।

 

उनीहरूले निर्वाचित सरकारलाई हटाएर नयाँ सरकार बनाउन खोजेको भनेर आरोप लगाइएको छ । उनीहरूका विरुद्ध देशद्रोहको अभियोगसहित अदालतमा मुद्दा दायर भएको इण्डिया टिभीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...