निर्मला गुमाएपछि निरास सहपाठीले प्रधानमन्त्रीलाई लेखे यस्तो भावुक पत्र, अझै मुख खोलेनन् बम दिदी–बहिनीले



हाम्रो इकोनोमि

 

 

 

एउटै बेच्मा बसेर पढ्ने निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि निरास बनेका उनका साथीहरु महिना दिन बित्दा समेत निर्मलाका हत्यारा पत्ता नलाग्दा थप निरास छन् ।

सँगै पढेकी साथी गुमाउँदाको पीडा र हत्यारा पत्ता नलाग्दाको थप भयमिश्रित भावसहित निर्मलाका सहपाठीहरुले प्रधानमन्त्रीलाई चिठ्ठी लेखेका छन् । गत साउन १० गते मन मिल्ने साथी निर्मलाको बलात्कारपछि हत्या भएपछि उनका सहपाठीहरु समेत राम्ररी पढ्न लेख्न सकिरहेका छैनन् ।
निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् । उनीहरूले साथीका हत्यारा कहिले पक्राउ पर्छन् भन्दै प्रधानमन्त्रीलाई चिट्ठीमा प्रश्न गरेका छन् ।

साथीको हत्या भएको ३७ दिन बितिसक्दा पनि हत्यारा पक्राउ नपरेको भन्दै उनीहरुले आफ्नो साथीका हत्याराबारे प्रधानमन्त्रीलाई सोधेका हुन् । हत्यारा पक्राउ नपर्दा आफूहरु मानसिक तनावमा र असुरक्षित समेत रहेको उनीहरुले बताएका छन् । सहपाठीहरुले छिटोभन्दा छिटो हत्यारालाई पक्राउ गरेर कार्वाही गर्न माग गरेका छन् । कक्षा १ देखि एक साथ अध्ययन गर्दै आएका ४ जना सहपाठीहरूले प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।

बम दिदी–बहिनीमाथि थप अनुसन्धान गर्न थमियो म्याद

निर्मला पन्तको हत्याको अनुसन्धानका लागि नियन्त्रणमा लिएका रोशनी बम र बबिता बमलाई आज एक साताको म्याद थप गरिएको छ ।

जिल्ला अदालत कञ्चनपुरले थप सोधपुछ र अनुसन्धानका लागि एक साताको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानारी दिएका छन् । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गत हत्या भएको थियो ।

घटनाको सोधपुछका लागि नियन्त्रणमा लिइएका रोशनी बम हत्या गरिएकी निर्मलाकी स्कुले साथी हुन् । उनकै घरबाट फर्किने क्रममा गत साउन १० गते निर्मलाको हत्या गरी उखुबारीमा शव फालिएको थियो । यसअघि सोही घटनाको अनुसन्धानका लागि भनी सोमबार जिल्ला अदालत कञ्चनपुरबाट म्याद थप गरिएको थियो । म्याद थप गरिएसँगै उनीहरुको बयान लिने र अन्य अनुसन्धानको कामका लागि थप समय मिलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएको छ । यसैबीच कञ्चनपुरमा केही दिनदेखि स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू आजबाट हटाएको छ । गत बिहीबार आन्दोलनले उग्ररुप लिएपछि महेन्द्रनगरमा कर्फ्यू लगाइएको थियो भने शुक्रबार प्रहरीको गोली लागेर सनि खुनाको मृत्यु भएपछि कर्फ्यूलाई थप कडा बनाइएको थियो । केही दिनयता प्रशासनले रातिको समयमा लगाउँदै आएको कर्फ्यू आजबाट हटाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...