वडा सदस्यको घर बिप्लव नेतृत्वको नेकपाको कब्जामा



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पामा जनप्रतिनिधिको घर कब्जामा लिएका छन् । भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् ।

 

बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी कब्जा गरेका हुन् ।

 

उनको घरमा पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरे ।

 

तर, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार रहेको बताए ।

 

वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई विप्लव समूहका नेकपा कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन् । प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...