वडा सदस्यको घर बिप्लव नेतृत्वको नेकपाको कब्जामा



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले रोल्पामा जनप्रतिनिधिको घर कब्जामा लिएका छन् । भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरुले माडी गाउँपालिका–१, पेदीखोलास्थित वडासदस्य हरिप्रसाद घर्तीको घर कब्जा गरेको हुन् ।

 

बिहीबार ठुलो संख्यामा आएका विप्लव कार्यकर्ताले घर घेराउ गरी कब्जा गरेका हुन् ।

 

उनको घरमा पार्टीको झण्डा गाडेर कब्जा गरिएको नेकपा गाउँपालिकाका प्रमुख सूर्य खड्काले स्वीकार गरे ।

 

तर, वडासदस्य हरिप्रसाद घर्तीले भने आफूले भ्रष्टाचार नगरेको र गरेको प्रमाणित भएमा कानून बमोजिम सजाय भोग्न तयार रहेको बताए ।

 

वडासदस्य हरिप्रसाद घर्तीले ११ भदौमा आफूलाई विप्लव समूहका नेकपा कार्यकर्ताले अपहरण गरी जंगलमा लगी कुटपिट गरेको बताएका छन् । प्रहरीले भने आफ्नोतर्फबाट सुक्ष्म अनुसन्धान जारी रहेको बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...