प्रकाण्डलाई पक्राउ गर्न आफूले आदेश नदिएको गृहमन्त्रीको दाबी, सर्वोच्चसँग भने– कानुन पालना गर्ने व्यक्ति हुँ



 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रीको हैसियतमा आफूले कसैलाई थुनामा राख्न गलत र ठाडो आदेश नदिएको दाबी गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अदालतको आदेश अवज्ञा गर्दै पटक–पटक पक्राउ गरेर थुनामा राखेको भनी उनीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

 

अदालतले २४ घण्टाभित्र लिखित जवाफ दिन दिएको आदेशअनुसार सर्वोच्च अदालतलाई लिखित जवाफ दिँदै गृहमन्त्री बादलले आफू विधिको शासन र संविधानको पूर्ण रुपमा पालना गर्ने व्यक्ति भएको भन्दै कसैलाई पक्राउ गर्ने आदेश नदिएको दाबी गरेका हुन् । बिनाआधार आफूमाथि आरोप लगाइएको भन्दै उनले आफूविरुद्धको रिट निवेदन खारेज गर्न सर्वोच्चसमक्ष अपिल समेत गरेका छन् ।

 

१३ भदौको मितिमा महान्यायाधिवक्ताको कार्यालयमार्फत् गृहमन्त्री बादलले सर्वोच्च अदालतसमक्ष पेस गरेको लिखित जवाफमा भनिएको छ– ‘रिट निवेदकले रिट निवेदनमा उल्लेख गरेबमोजिम पक्राउ गरी थुनामा राखी मानसिक एवं शारीरिक यातना दिई राखेको भनिएको व्यहोरा सरासर गलत छ । विधिको शासन र संविधानको पूर्ण रुपमा पालना गर्ने व्यक्ति भएको हुँदा मैले गृहमन्त्रीको हैसियतमा गलत र ठाडो आदेश कसैलाई पनि दिई थुनामा राख्न लगाएको छैन ।

 

म र गृहमन्त्रालय संविधान एवं कानूनप्रदत्त नागरिकका हक अधिकारको संरक्षण गर्न सदा कटिबद्ध रहेका छौँ । प्रचलित कानुनको अधिनमा रही अधिकार प्राप्त अधिकारीले कुनै मुद्दाको सन्दर्भमा व्यक्तिलाई अनुसन्धानको क्रममा पक्राउ गरी अनुसन्धान गर्न पाउने नै हुन्छ ।

 

मुद्दाको अनुसन्धान प्रकृयालाई बाधा पुग्ने गरी मैले कसैलाई आदेश दिन मिल्दैन र कुनै पनि नागरिकलाई गैरकानुनी रुपमा पक्राउ गर्न र थुनामा राख्नको लागि मातहत निकायलाई कुनै किसिमको आदेश निर्देशन दिएको छैन । यसरी बिनाआधार र प्रमाण मसमेतलाई विपक्षी बनाई दायर गरेको विपक्षीको निरर्थक रिट निवेदन खारेजभागी हुँदा प्रत्यर्थी गृहमन्त्रालय र मेरो हकमा रिट निवेदन खारेज गरी पाउँ ।’

 

आफ्नो लिखित जवाफको शुरुमा गृहमन्त्री बादलले ‘विपक्षीले यस मन्त्रालयलाई समेत विपक्षी बनाई सम्मानित अदालतसमक्ष दायर गर्नुभएको उल्लेखित रिट निवेदनका सम्बन्धमा सम्मानित अदालतबाट यसमा के, कसो भएको हो, निवेदक मागबमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सोसहित यो म्याद प्राप्त भएको मितिले २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आउनु भन्ने समेत व्यहोराको मिति २०७५/०५/१० मा जारी भएको आदेशसहितको म्याद सूचना यस मन्त्रालयमा मिति २०७५/०५/१२ मा तामेली हुन आएकोमा २४ घण्टाभित्रै निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने व्यहोराको आधार र कारणहरू खुलाई यो लिखित जवाफ प्रस्तुत गरेको छु’ भन्ने वाक्यांश प्रस्तुत गरेका छन् ।

 

 

साथै उनको जवाफमा उजुरीकर्ता प्रकाण्डाका भाइ वीरेन्द्र विश्वकर्मालाई समेत उद्धृत गर्दै गृहमन्त्री बादलले भनेका छन्– ‘सम्मानीत सर्वोच्च अदालतको आदेशको प्रत्यर्थीहरूद्वारा ठाडो उल्लन गर्दै निवेदकका दाइलाई मिति २०७५/०५/०७ साँझ ७ः४५ बजे प्रत्यर्थीहरूद्वारा पक्राउ गरी बेपत्ता बनाइएकोमा सम्मानित सर्वोच्च अदालतमाबाट मिति २०७५/०५/०१ र मिति २०७४/०५/०७ मा भएको आदेशको पालना नगरी ठाडो उल्लङ्न गर्दै प्रहरीद्वारा अपमानजनक ढंगले पक्राउ गरी कानुन विपरीत उहाँलाई शारीरिक तथा मानसिक यातना दिइएको आशंका विद्यमान छ । हाल प्रत्यर्थीहरूको गैरकानुनी थुना निरन्तर कायम छ ।

 

प्रत्यर्थीहरूको सुनियोजित मिलिमतोमा सम्मानित सर्वोच्च अदालतबाट पटक–पटक भएको आदेशको जानाजान अवज्ञा गरी बदनियतपूर्वक प्रवृत भावनाले पटक–पटक पक्राउ गरी संविधान एवं प्रचलित कानूनविपरीत कार्य गरी गैरकानूनी थुनामा राखेको हुँदा निज खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई तुरुन्त सम्मानित अदालतसमक्ष उपस्थित गराई गैरकानूनी थुनाबाट मुक्त गर्न प्रत्यर्थीहरूको नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी प्रत्यर्थीहरूको गैरकानुनी थुनाबाट मुक्त गरी पाउँ भन्ने व्यहोराको निवेदक जिकिर रहेछ ।’

 

यसरी गृहमन्त्रीको जिम्मेवारीमा रहेका रामबहादुर थापा ‘बादल’ले प्रकाण्डलाई पटक–पटक पक्राउ गर्न आफूले आदेश नदिएको जिकीर गर्दै अदालतलाई दिएको जवाफपछि सर्वोच्चबाट कस्तो फैसला वा आदेश आउला– जिज्ञासा एवम् तीव्र प्रतीक्षाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा