यस कारण होटल सोल्टीमै सुरु भयो रिट्रिट



हाम्रो इकोनोमि

 

बिमस्टेक सम्मेलन स्थल होटल सोल्टीमा ‘रिट्रिट’ शुरु भएको छ । सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि गोकर्ण रिसोर्टमा आयोजना गरिने ‘रिट्रिट’ सडक पुुर्बाधार अभावका कारण होटल सोल्टीमै सुरु गरिएको हो ।

 

सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गर्ने प्रचलन रहेको छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ ।

 

नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यसपटक गोकर्णमा गर्ने भनिए पनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो ।

बिमस्टेक सम्मेलनको आज दोस्रो दिन, सम्मेलनको दोस्रो शत्र १० बजेबाट सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...