रोहिंग्या शरणार्थीबाट सुरक्षा चुनौती, कपन क्षेत्रमा एक हजार सुरक्षाकर्मी, कपनमा नयाँ व्यक्तिलाई निषेध !



 

काठमाडौंमा जारी बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनको सुरक्षामा रोहिंग्या शरणार्थी प्रमुख सुरक्षा चुनौती बनेका छन् ।

 

म्यान्मारको रखाइन प्रान्तबाट बिस्थापित भएर काठमाडौंको कपनमा बसिरहेका रोहिंग्या मुसलमान शरणार्थीमाथि नेपाली सुरक्षाकर्मी विशेष निगरानी गरिरहेका छन् ।

रोहिंग्या शरणार्थीमाथिको निगरानीका लागि मात्रै १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

 

नेपाल प्रहरीको इन्टिलिजेन्स ब्यूरो, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी करीब १ हजार कर्मचारी रोहिंग्या शरणार्थीको निगरानीका लागि परिचालन भएका सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दिएको छ ।
नेपाली सेनाको नेतृत्वमा रहेको विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयको निर्णयअनुसार ३ वटा सुरक्षा निकायका सुरक्षाकर्मीले रोहिंग्या शरणार्थीमाथि निगरानी बढाएका हुन् ।

 

म्यानमानर सैनिकको चर्को दमनका कारण बिस्थापित भएर गत वर्ष काठमाडौं आइपुगेका रोहिंग्याबाट बिमस्टेक सम्मेलनमा सुरक्षा खतरा रहेको नेपाली सुरक्षाकर्मीले विश्लेषण गरेका छन् ।

 

बिमेस्टेक सदस्य रहेको म्यानमारका राष्ट्रपति विन मिन्ट सम्मेलनमा सहभागी हुन मंगलवार नै नेपाल आइपुगेका थिए । मिन्ट काठमाडौं उत्रिएदेखि नै रोहिंग्या शरणार्थी रहेको कपन क्षेत्रमा सुरक्षाकर्मीको निगरानी व्यापक बनाइको थियो ।

 

आतंकवादीले उक्साउन सक्ने आशंका  

पछिल्लो समय अन्तर्राष्ट्रिय आतंकवादी संगठनले भारत र बंगलादेशमा रहेका रोहिंग्या शरणार्थीको प्रयोग गर्ने गरेका केही घटना सार्वजनिक भएपछि नेपालमा रहेका रोहिंग्या शरणार्थीमाथि निगरानी बढाइएको नेपाली सेना स्रोत बताउँछ ।

‘आफ्नो देशबाट विस्थापित भएकाले उनीहरूमा स्वभाविक आक्रोश पनि हुन्छ । उनीहरूलाई आतंकवादीहरुले आफ्नो स्वार्थका लागि पनि प्रयोग गर्ने खतरा छ,’ एक उच्च सैनिक अधिकारी भन्छन्, ‘काठमाडौंमा रहेका रोहिंग्या शरणार्थी आतंकवादीको सम्पर्कमा पुगिसकेका त छैनन् । तर उनीहरूलाई प्रयोग गर्ने सम्भावना रहेकाले निगरानी बढाएका हौं ।’

 

कपनमा नयाँ व्यक्तिलाई निषेध !

बिमस्टेकको चौथो शिखर सम्मेलनको मिति तय भएदेखि सुरक्षा निकायले नै रोहिंग्या शरणार्थीमाथि निगारानी बढाएका थिए । नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागले कपनमा रहेका सबै रोहिंग्या शरणार्थीको पहिचान गरिसकेका छ ।

 

‘हामीसँग कपनमा रहेका सबै रोहिंग्या शरणार्थीको सबै विवरण छ । सबैको व्यक्तिगत विवरणदेखि तस्वीरसम्म हामीले संकलन गरेर राखेका छौं,’ सैनिक स्रोत भन्छ, ‘हामीसँग विवरण नभएको कुनै नयाँ व्यक्ति रोंहिग्या शरणार्थी शिवरमा छिर्न पाउँदैन । उसलाई हामीले बाहिरै रोक्छौं । शंकास्पद् लागे नियन्त्रणमा पनि लिन सक्छौं ।’

 

सैनिक स्रोतका अनुसार रोहिंग्या शरणार्थीको शिवर क्षेत्रवरपर सादा पोशाकमा मात्रै ७०० बढी सुरक्षाकर्मीले ‘रेगुलर ड्यूटी’ गरिरहेका हुन्छन् । यस्तै साँझ र बिहान नेपाली सेनाले गस्ती गर्ने गरेको छ ।

 

सशस्त्र प्रहरी बलले पनि रोहिंग्या शरणार्थी शिवर क्षेत्रमा रेगुलर गस्ती गरिरहेको हुन्छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत रहेका नेपाल प्रहरीका युनिटहरूले पनि रोहिंग्या शरणार्थी भएको क्षेत्रमा गस्ती र सर्च अभियान चलाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा