गृहमन्त्रीको ठाडो आदेशमा बिप्लव नेतृत्वको नेकपाका ११ जना नेता पक्राउ



प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल व्युरो इन्‍चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ। इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ- ५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन। अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए।

प्रहरीले उनीहरुलाई बिहीबार ९आज० दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ। मेची अञ्चल ब्युरो इञ्चाज सुमन सँगै छजना केन्द्रीय सदस्य पक्राउ परिसकेको नेकपाले जनाएको छ । यसअघि देवनारायण शाह, दिपेश राई किरण राई, चन्द्रवहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा