गृहमन्त्रीको ठाडो आदेशमा बिप्लव नेतृत्वको नेकपाका ११ जना नेता पक्राउ



हाम्रो इकोनोमि

प्रहरीले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल व्युरो इन्‍चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई पक्राउ गरेको छ। इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ- ५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता रहेको प्रहरीले बताए पनि नाम भने सार्वजनिक गरेको छैन। अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए।

प्रहरीले उनीहरुलाई बिहीबार ९आज० दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ। मेची अञ्चल ब्युरो इञ्चाज सुमन सँगै छजना केन्द्रीय सदस्य पक्राउ परिसकेको नेकपाले जनाएको छ । यसअघि देवनारायण शाह, दिपेश राई किरण राई, चन्द्रवहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...