अचानक किन रोकियो प्रचण्डको भारत भ्रमण ?, यस्तो छ कारण



हाम्रो इकोनोमि

 

एक कार्यक्रममका लागि भारत जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम समयमा भ्रमण रोकेका छन् ।

 

प्रचण्ड भोलि (शुक्रबार) भारत जाने कार्यक्रम थियो । हिन्दुस्तान टाइम्स पत्रिकाको वार्षिक उत्सव कार्यक्रमका लागि प्रचण्डलाई विशेष निमन्त्रणा थियो । सोही कार्यक्रमको लागि प्रचण्ड शुक्रबार भारत जाने कार्यक्रम थियो ।

 

तर, काठमाडौँमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन अन्य राष्ट्र प्रमुख नेपाल आएको हुँदा प्रचण्डले भारत जाने कार्यक्रम स्थगित गरेको उनी निकट एक नेताले रातोपाटीलाई बताए ।

 

‘अहिले अन्य देशका प्रमुखहरु नेपाल आउनु भएको छ । कार्यक्रम सफल बनाउन र उहाँहरुसँग प्रचण्डको भेटघाट कार्यक्रम भएको हुदाँ भोली जाने भनिएको कार्यक्रम स्थगित भएको छ ’ ती नेताले भने ।

 

यद्यपी उनको राजनीतिक भ्रमण  कार्यक्रम भने कायमै रहेको छ । प्रचण्ड भदौ २२ देखि २७ सम्म भारतको राजनीतिक भ्रमणमा जाने कार्यक्रम छ । त्यसलगत्तै उनी साता व्यापी भ्रमणका लागि असोज १ गते चीन भ्रमणमा जानेछन् । पछिल्लो समय दोस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्डले भारत र चीनको भ्रमण गरेका थिए ।

 

भदौमा हुने भारत भ्रमणका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा छलफल गर्नेछन् । प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च नेतृत्वसँग भेट गर्नेछन् । प्रचण्डले गत जेठमा नै विकासका एजेण्डामा कुराकानी गर्न आफुलाई निम्तो आएको बताएका थिए ।

प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...