बालुवाटारबाटै कसले गर्दै छ प्रधानमन्त्रीको बदनाम ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै तर्फबाट भइरहेका कतिपय काम आफूलाई जानकारी नहुने खुलासा गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा दैनिक तथा अनलाइनका सम्पादकहरूसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले यस विषयमा तीनवटा प्रसंग सुनाएका थिए ।

 

एउटा महेन्द्र संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई पक्राउ गरी बालुुवाटार पु¥याइएको घटना, दोस्रो पूर्वमाओवादी जनसेनाका अयोग्य लडाकू लेनिन विष्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको प्रसंग र अर्को ट्रमा सेन्टरका चिकित्सकलाई अस्पतालबाट उठाएर गृह मन्त्रालय पु¥याएको प्रकरण ।

 

यी तीनै सन्दर्भमा आफू बेखबर मात्र होइन, विष्टलाई फर्काइएको प्रसंग भोलिपल्ट मिडियाबाट थाहा पाएको स्पष्ट पारेका थिए । कोइरालालाई गत असार अन्तिम साता कोलम्बियाको एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याइएको थियो ।

 

कुलपति प्रधानमन्त्रीलाई जानकारी नै नदिई शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन जान लागेकाले कोइराला पक्राउ परेको र उनलाई प्रधानमन्त्रीको आदेशमा बालुवाटार पु¥याइएको समाचार तत्काल अनलाइन सञ्चार माध्यमहरूमा भाइरल भएको थियो ।

 

तर, प्रधानमन्त्रीले आफूले त्यस्तो गलत आदेश दिने सम्भावना नै नरहेको र भोलिपल्ट मात्र आफूलाई जानकारी भएको भनेपछि सम्पादकहरू आश्चर्यचकित भएका थिए । त्यसो त बालुवाटारभित्रकै कतिपय सल्लाहकारहरूसमेत कोइरालालाई त्यसरी निवासमै पु¥याइएपछि मात्र झस्किएका थिए ।

 

स्रोतका अनुसार कोइरालालाई त्यसरी बालुवाटार पु¥याएर एक घण्टासम्म बन्दीसरि केरकारसम्म गराउने कामको तारतम्य प्रधानमन्त्रीका एक अघोषित सल्लाहकारले गरेका थिए । नेपाल–भारत प्रबुद्ध समूहका सदस्यसमेत रहेका ती अघोषित सल्लाहकारकै आदेशमा कोइरालालाई बालुवाटार पु¥याएर केरकार गरिएको थियो ।

 

उनले कानुन र नियमावली उल्लंघन गरेकाले फर्काउने घटनासम्म त ठीकै थियो । तर, प्रधानमन्त्री निवासमै उपकुलपतिलाई पु¥याइएको घटनाबाट कम्युनिस्ट अधिनायकवाद यस्तो हुन्छ भन्दै हौवा पिटाइएपछि सरकार प्रतिरक्षात्मक बन्न बाध्य बनेको थियो । उता, विष्टका सन्दर्भमा भने आफूले घटना केहो भन्ने विषयमा जानकारी मागेको जानकारी गराएका थिए ।

 

प्रधानमन्त्री मुलुकको कार्यकारी प्रमुख भएकाले अतिव्यस्त रहनु स्वाभाविक छ । तर, उनकै नाममा यसरी बदनाम गर्ने घटना भने उनकै नाममा घोषित र अघोषित सल्लाहकारहरूबाट भएपछि सतकर्ता अपनाउन थालिएको बुझिएको छ ।
कोलम्बियामा एक कार्यक्रममा भाग लिन जान लागेका कोइरालालाई गत असार अन्तिम साता प्रहरीले विमानस्थलमा पक्राउ गरी प्रधानमन्त्री निवास बालुवाटार पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...