बंगलादेशी प्रधानमन्त्री शेख हसिना आइपुगिन्, रक्षामन्त्रीद्वारा स्वागत



हाम्रो इकोनोमि

 

आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना केहीबेर अघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका थिए ।

हसिनाको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारतसमेत अर्पण गरेको थियो ।

हसिना विमानस्थलबाट सम्मेलनस्थल सोल्टी होटल जाने कार्यक्रम छ ।

अब बिम्स्टेक राष्ट्रका ७ मध्ये थाइल्यान्डका प्रधानमन्त्री मात्रै आउन बाँकी छ । उनी अबको केहीबेरमा काठमाडौं अवतरण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
नवनिर्वाचित सांसदको शपथ ग्रहण चैत १२ गते

    नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २...

समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...