भारतीय प्रधानमन्त्री मोदी सिंधै पशुपतिमा, आफै विशेष सैनिक टोली, नेपाली सेनाको मनोबल घट्ने चिन्ता



 

बिमस्टेक सम्मेलनमा सहभागी हुन  नेपाल आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधै पशुपतिनाथ जाने भएका छन् ।

 

ठूलो संख्यामा आफ्नै विशेष सुरक्षाकर्मीका साथ नेपाल आउन लागेका मोदीले पशुपतिमा बिषेश पूजा गर्ने कार्यक्रम रहेको छ । भोलि बिहान ९ बजे काठमाडौ आईपुग्ने मोदी त्रिभुवन बिमानस्थलबाट सिधैं पशुपतिनाथ मन्दिरमा पुगेर बिशेष पूजा गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री मोदीको पूजाका लागि पशुपति बिकास कोषले बिशेष ब्यवस्था गरेको छ ।

 

भारतीय प्रधानमन्त्री मोदीको पूजा अवधिभर सर्वसाधानरणलाई पशुपतिमा प्रवेश निषेध गरिने भएको छ । भोलि बिहान बिशेष बिमानबाट नेपाल आउने उनले आफ्नो दलवलसहितको टोलीलाई पूजामा सरिक गराउने भएका छन् । नेपालस्थित भारतीय दूतावासले पशुपतिमा बिषेश पूजाको तयारीका लागि भारतीय सुरक्षा बलका एक डिआईजीलाई बुधबारदेखि नै पशुपति क्षेत्रको रेक्कीका लागि खटाएको छ ।

 

पशुपतिमा ओली–मोदीले धर्मशालाको उद्घाटन गर्ने

मोदीको नेपाल बसाइका अवसरमा नेपाल सरकार र भारत सरकारबीच सहयोगका दुई क्षेत्रमा सहमति हुने कार्यतालिका छ ।

 

यस्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले पशुपतिस्थित भारतीय लगानीमा निर्माणाधीन धर्मशालाको शुक्रबार उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल सरकारले बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने विदेशी पाहुनाको सम्मानमा आयोजना गर्ने ‘रिट्रिट’ अघि धर्मशालाको उद्घाटन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

मोदीको पहिलो नेपाल भ्रमणको अवसरमा पशुपतिनाथ क्षेत्रमा भारतीय लगानीमा धर्मशाला निर्माण गर्ने बताएका थिए । पहिलो पटक २०७१ सालमा नेपाल आएका भारतीय प्रधानमन्त्री मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ ।

 

मोदीको सुरक्षा भारतीय सैनिकबाट, सुरक्षाविद्हरुको आपत्ति

चौथो बिम्स्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय विशेष तालिमप्राप्त सैन्य दस्ता सहभागी हुने भएका छन् । कति संख्यामा सुरक्षा फौज नेपाल आउने नखुलाइए पनि प्रधानमन्त्री मोदीमाथिको सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै विशेष तालिमप्राप्त सैन्य दस्ता नेपाल आउन लागेको स्रोत जानकारी दिएको छ । मोदीको भ्रमणलाई लिएर भारतबाट ३ वटा बुलेट फ्रुफ गाडी यसअघि नै नेपाल ल्याई सकिएको छ । यसअघि गत बैसाखमा मोदी नेपाल आउँदा पनि उनको सुरक्षाको लागि भारतीय सैनिक नै खटिएका थिए ।

 

सम्मेलन आयोजना गर्ने जिम्मेवारी पाएको नेपालले विशिष्ट विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थाका लागि ४ तहको घेरा बनाइएको छ । तर, अन्य राष्ट्र प्रमुखहरुलाई नेपाली सुरक्षा अङ्गले नै सुरक्षा दिइरहेको अवस्थामा भारतीय प्रधानमन्त्रीको हकमा भने त्यस्तो लागू नहुनुले नेपालको सुरक्षा प्रणालीमा भारत विश्वस्त नहुनु तथा भारतले नेपाललाई हेर्ने प्रवृत्ति उस्तै रहेको चर्चा हुन थालेको छ ।
यसअघिको भ्रमणमा पनि मोदीको सुरक्षार्थ ४५ जना भारतीय विशेष सुरक्षा फौज खटिएकोमा व्यापक आलोचना भएको थियो ।

 

नेपाली सेनाको मनोबल घट्ने चिन्ता

नेपाली सेनाका एक पूर्व रथीले नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली सैनिकलाई सुरक्षा व्यवस्थाको सम्पूर्ण जिम्मा नदिंदा सैनिकहरुको मनोबल घट्न सक्ने बताउँछन् । गत जेठ महिनामा सिङ्गापुरमा आयोजना भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको पहिलो शिखर वार्ताको सुरक्षा व्यवस्थाको जिम्मा नेपालका गोरखा सैनिकले पाएका थिए । पूर्व रथी प्रश्न गर्छन्, ‘विदेशमा आफ्नो कार्यदक्षता देखाउन सक्ने नेपाली सैनिकले

 

आफ्नै देशमा भने अवसर किन नपाउने ?’
तत्कालीन भारतीय उप–राष्ट्रपति मोहमद हामिद अन्सारीले २०१६ को फेब्रुअरीमा ब्रुनाई भ्रमणका अवसरमा ब्रुनाई सरकार समक्ष त्यहाँको राजपरिवारले सुरक्षाका निम्ति चाहेको अवस्थामा भारतीय गोरखा रेजिमेन्ट पठाउन आफ्नो सरकार तयार रहने प्रस्ताव गरेका थिए ।

ब्रुनाइको राजपरिवारलाई ब्रिटिस गोरखा सैनिकले सुरक्षा प्रदान गर्दै आएको छ । ‘गोरखा सैनिक’ को विश्वमा विशिष्ट छवि छ । त्यही छविका कारण उनीहरुको माग विश्व सुरक्षामा अधिक पनि छ । तर नेपालमा आयोजना हुने कार्यक्रममा नेपाली सैनिकको सीप र कौशलको प्रयोग नगरिनु दुःखद पक्ष हो’, सुरक्षाविद्हरु भन्छन् ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा