राष्ट्रियसभाका नवनिर्वाचित सभापतिले लिए शपथ



हाम्रो इकोनोमि

 

 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

 

शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिंडारी रहेका छन् ।

 

सभापतित्रयको प्रतिबद्धता

निर्वाचनपछि प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति बिंडारीले समितिले मुलुकभरका ऐन, कानून, नियम, नियमावलीको अध्ययन गर्ने र विज्ञको परामर्शमा कार्यान्वयन गर्ने र अभिलेख राख्ने कार्य अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले भने, ‘समितिबाट भएको निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित पक्षसँग परामर्श गर्ने, राय लिने अनि मात्र निर्देशन दिइने छ । विसं २०१६ वैशाखमा मकवानपुरमा जन्मनुभएका सभापति बिंडारीसँग संविधानसभाको मस्यौदा कार्यदलको सदस्य बनेर काम गरेको अनुभव छ ।

 

थाहा दर्शन अभियानका अनुयायी वरिष्ठ अधिवक्तासमेत रहनुभएका सभापति बिंडारी हाल नेकपासँग आवद्ध रहेका छन् ।

 

विधायन व्यवस्थापन समितिका सभापति गुरुङले समितिमा आएका विधेयकको विषयमा अध्ययन गर्ने, नेपालमा हालसम्म कति ऐन बनेका छन् सङ्ख्या पहिचान गरी कार्यान्यनको मापन गर्ने र नयाँ ऐनकोबारे सङ्गो सदनलाई सहभागी गरेर अनुसन्धानलाई अघि बढाउने जानकारी दिए ।

 

सन् २०१४ मा सङ्खुवासभामा जन्मिएका सभापति मेघी गुरुङले २०३३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । २०४८ र २०५६ सालमा प्रतिनिधिसभाको सदस्य भएका सभापति गुरुङसँग नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा उक्त पार्टीका तर्फबाट २०५६ सालमा संसदीय दलको सचेतकको जिम्मेवारी सम्हालेको अनुभव छ ।

 

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति थापाले जनताको हित एवं मुलुकको विकास र समृद्धिका लागि सरोकारवाला पक्षसँग गहन छलफल गरेर समितिको कामलाई प्रभावकारी तुल्याउने दृढता व्यक्त गरे ।

 

वि।सं २०३५ मा चितवनमा जन्मिएका सभापति थापाले २०४८ सालबाट नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुमा संलग्न भई राजनीतिमा प्रवेश गरेका थिए । वडातहदेखि जिल्ला तहसम्म विभिन्न तहमा निर्वाचित हुँदै नेकपा (एमाले) को चितवन जिल्ला कमिटीको सचिव भएर काम गरेको उनीसँग अनुभव छ । यसअघि नवनिर्वाचित सभापति त्रयलाई सम्बन्धित समितिमा बधाई ज्ञापन गर्दै सफल कार्यकालाको लागि शुभकामना व्यक्त गरिएको थियो ।

 

राष्ट्रियसभा मातहतका चारमध्ये दिगो विकास तथा सुशासन समितिको सभापतिमा कसैको उम्मेदवारी नपरेका कारण राजनीतिक सहमतिका आधारमा छिट्टै निर्वाचन कार्यक्रम प्रकाशित हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...