श्रीलंकाका राष्ट्रपति काठमाडौंमा, रक्षामन्त्रीले गरे स्वागत



हाम्रो इकोनोमि

 

 

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना काठमाडौं आइपुगेका छन्।

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन बुधबार दिउँसो काठमाडौं ओर्लिएका सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

 

दुई दिने सम्मेलन भोलिदेखि सोल्टी होटलमा सुरु हुँदैछ। सम्मेलनमा भाग लिन यसअघि म्यान्मारका राष्ट्रपति र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार काठमाडौं आइसकेका छन्।

 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भोलि विहान काठमाडौं आउने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...