ओली– मोदीबीच शुक्रवार द्विपक्षीय वार्ता, केही समझदारीमा यसरी हुँदैछ हस्ताक्षर



हाम्रो इकोनोमि

 

 

बिमस्टेक शिखर सम्मेलनमा सहभागितासँगै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्वपूर्ण द्धिपक्षीय वार्ता हुनेभएको छ ।

 

सम्मेलनमा सहभागि हुन भोलि बिहीबार काठमाडौं आउने प्रधानमन्त्री मोदी र प्रधानमन्त्री ओलीबीच शुक्रबार द्धिपक्षीय भेटवार्ताको व्यवस्था मिलाइएको छ ।

 

सम्मेलनको अवसरमा भारत र नेपालबीच छुट्टै दुई सम्झौता हुँदैछन्, त्यसमा रक्सौल–काठमाडौं रेल्वे र बल्क कार्गो सम्बन्धी सम्झौता छन् । दुबै प्रधानमन्त्रीको उपस्थिती यी सम्झौता हुनेछन् । त्यसबाहेक भारतका प्रधानमन्त्री मोदीले पशुपति दर्शन गर्ने र धर्मशाला उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । मोदीले उक्त धर्मशाला नेपाललाई हस्तान्तरण गर्नुहुनेछ ।

 

नेपाल र भारतबीच भारतीय रेललाई रक्सौलबाट काठमाडा्रै जोड्नेवारे सहमति भइसकेको छ । जस अनुसार, उक्त लेनलाइनको पूर्व सभाब्यता अध्ययन र बिस्तृत परियोजना प्रतिवेदनका लागि भारत सरकारले सहयोग गर्नेछ ।

एक बर्षभित्र यो अध्ययन सकिने बताइएको छ । त्यसैगरि, दुबै पक्षबीच द्धिपक्षीय पारवहनका लागि थप बिन्दुको प्रयोग र पारवहन प्रक्रिया सहजीकरण गर्ने सम्वन्धि समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ ।

 

तर ती केही सम्झौता र समझदारीसंगै दुबै प्रधानमन्त्रीले भ्रमणका आदानप्रदानका क्रममा भएका सहमति, समझदारी र प्रतिबद्धतावारे रिम्यू गर्ने प्रधानमन्त्री श्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीको यो चौथो नेपाल भ्रमण हो । सन् २०१४ मा प्रधानमन्त्री भएपछि नेपालको द्धिपक्षीय भ्रमण आउनु भएका मोदी त्यसपछि लगत्तै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागि हुन नेपाल आउनुभएको थियो ।

 

नयाँ संविधान अनुसार भएको संघीय निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि उहाँकै निमन्त्रणमा मोदी नेपालको राजकीय भ्रमणमा आउनुभएको थियो ।

बिमस्टेकको सम्मेलनमा आएपछि प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्रीसँग द्धिपक्षीय वार्ता गर्ने कार्यक्रम राखेको भारतीय विदेश मन्त्रालयले बताएको छ ।

नेपालले संविधान जारी गरेपछि त्यसमा असन्तुष्टी जनाउँदै भारतले लगाएको नाकाबन्दीपछि बिग्रेको द्धिपक्षीय सम्वन्ध अहिले सामान्य अवस्थामा फर्केको छ ।

भारतीय प्रधानमन्त्री मोदीले बिगतमा भएको तिक्ततापूर्ण सम्वन्धलाई बिर्सेर अघि बढ्न भारत तयार रहेको बताउँदै आउनुभएको छ ।

 

दुबै प्रधानमन्त्री एक अर्का देशको राजकीय भ्रमण गरेर समयसीमा तोकेरै द्धिपक्षीय समस्या समाधान गर्ने प्रतिबद्धता राखे अनुसार काम पनि अघि बढेका छन् ।

श्रोतका अनुसार, द्धिपक्षीय बैठकमा नेपाल र भारतबीच सन् १९५० को सन्धी लगायतका समग्र द्धिपक्षीय सम्वन्धलाई पुनरावलोकन गर्न बनेको ईपीजीको कार्यकाल सकिएको र त्यसले तयार पारेको साझा प्रतिवेदनवारे पनि छलफल हुनेछ ।

इपीजीको कार्यकाल जुलाईको पहिलो साता नै सकिएपनि दुबै प्रधानमन्त्रीलाई प्रतिबेदन बुझाउने अवसर पाएका छैनन । ईपीजीले प्रतिवेदन बुझाएपछि बल्ल त्यसवारे दुबै सरकारले निर्णय लिनेछन् ।

 

प्रधानमन्त्री ओलीले सार्कको शिखर सम्मेलन आयोजना गर्नेबारेमा समेत भारतीय समकक्षीसँग वार्ता गर्ने सम्भावना छ ।

 

नेपालमा भएको नयाँ निर्वाचनपछि भनेको शक्तिशाली सरकार र भारतीय सरकारबीच उच्च राजनीतिक तहमा भएका भ्रमणका आदानप्रदानले द्धिपक्षीय सम्वन्धमा समझदारी बिकास भएको छ ।

 

प्रधानमन्त्री ओली र मोदीबीच छ महिनाका बीचमा हुन लागेको यो तेश्रो द्धिपक्षीय वार्ता हो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...