नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न ग्याङ्गस्टर पक्राउ : फिरौतीमा लिएका थिए १६ करोडको सुन 



 

 

दिल्ली प्रहरीको क्राइम ब्राञ्चले नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको भनिएका ग्याङ्गस्टर विकास सिंहलाई शनिबार पक्राउ गरेको छ ।

 

केडिया २०७३ साल जेठ १२ गते अपहरणमा परेका थिए । यसको चार दिनपछि उनलाई १६ गते बिहारको मोतिहारीबाट बिहार प्रहरीले अपहरणमुक्त गरेको थियो ।

 

भारतीय प्रहरीका अनुसार केडियाले फिरौती स्वरुप सिंहका सहयोगीलाई नयाँ दिल्लीको चाँदनी चोकमा १० करोड भारु बराबरको सुन बुझाएका थिए ।

 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा भनिएको छ, ‘फेरि निशानामा पर्ने डरले छुटेको तीन दिनपछि उनले कथितरुपमा फिरौती बापत सुन बुझाएका थिए ।’

 

केडियाको अपहरणमा संलग्नताबाहेक सिंहले फिरौती रकमको बाँडफाँडको विवादमा अपहरणको मास्टरमाइन्ड भनिएका बब्लु दुवेको पनि ‘सफाया’ गरेका थिए ।

त्यतिबेला बुक्सार जेलमा रहेका दुवेलाई पटनाबाट १८२ किमी टाढा रहेको बेतियास्थित अदालत परिसरमा गोली प्रहार गरिएको थियो ।

 

सिंह केही महिनादेखि आशु पहलवानसँग दिल्लीमा लुकेर बसिरहेको र एउटा टुर र ट्राभल कम्पनी चलाइरहेको विशेष सूचना प्रहरीले पाएको थियो ।

 

 

क्राइम ब्राञ्चका डेप्युटी कमिश्नर राम गोपाल नायकले भने, ‘नेपाली उद्योगीको अपहरण तथा बब्लु दुवेको हत्याका आरोपी बिहारका वान्टेड ग्याङ्गस्टर सिंह दिल्लीमा लुकेर बसेको सूचनाको आधारमा कारवाहीपछि शनिबार पक्राउ गरिएको हो ।’

 

सिंह दक्षिण दिल्लीस्थित संगम सिनेमा हल अगाडि राती १० बजे कसैलाई भेट्न आउने सूचना थियो । उनी त्यहाँ आइपुग्ने बित्तिकै पक्राउ परे ।

 

सोधपुछका क्रममा सिंहले केडियाबाट प्राप्त फिरौती रकमको विवादमा दुवेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

‘बिहारका ग्याङ्गस्टर कुनाल सिंह र राहुल सिंह पनि केडिया अपहरण र दुवेको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरीले बताएको छ ।

 

राहुल र कुनाल दुवै यसअघि नै पक्राउ परिसकेका छन् ।

 

दुवेले बुक्सार जेलमा रहेका बेला केडियाको अपहरणको योजना बुनेको प्रहरीको भनाई छ ।

 

सिंहको पक्राउसँगै प्रहरीले गाजियाबादको अर्का एक व्यवसायीको हत्याको योजनालाई पनि तुहाएको छ । ‘जुलाई १८ मा सिंहले गाजियाबादको एक व्यवसायीको हत्या गर्न १५ लाखको कन्ट्रयाक्ट र दुई वटा चिनियाँ पेस्तोल समेत पाएका थिए,’ प्रहरीले भन्यो, ‘उनको सहयोगी र हतियारको खोजी भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा