सवारीमा जोर- बिजोर प्रणाली यात्रुलाई सकस , तेब्बर भाडा असुल्दै ट्याक्सी



हाम्रो इकोनोमि

 

 

सरकारले सार्वजनिक यातायातमा जोर(बिजोर प्रणाली लागू गरेपछि यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ ।

 

यही बिहीवार र शुक्रवार हुन लागेको बिमस्टेक शिखर सम्मेलनको सुरक्षाका लागि सरकारले तीन दिनका लागि राजधानीका सडकमा जोर(बिजोर प्रणाली लागू गरेको छ ।

यसक्रममा १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधनमात्र चल्न पाउनेछन् ।

 

बुधवार बिजोर नम्बरका सवारी मात्रै गुड्न दिइएपछि यात्रुहरू सीमित सवारी साधनमा कोचिएर यात्रा गर्न बाध्य छन् । यसक्रममा ट्याक्सीहरूले तेब्बर भाडा लिँदा आकस्मिक रूपमा बाहिर निस्केका यात्रु र बिरामीहरू झनै मर्कामा परेका छन् ।

 

वीर अस्पस्तालको आकस्मिक कक्षमा आमा भर्ना गरेर रगत परीक्षणका लागि टिचिङ अस्पताल पुगेकी भक्तपुरकी विन्दा पाण्डेले सडकमा गाडी पनि पर्याप्त नभेटिएको र ट्याक्सीले पनि ५ सय रुपैयाँ मागेको गुनासो गरिन् ।

 

विन्दाले भनिन्, ‘आमाको दम बढेपछि गएराति हस्पिटल भर्ना गराएँ । अहिले उहाँको लुगा लिन आउँदा पनि ट्याक्सी चढेर साढे ५ सय तिरेँ । फर्किँदा पनि त्यति नै लिने भन्दैछन् । मिटरमा हिँडे बालुवाटारबाट वीर हस्पिटलको बीचमा १ सय ५० जति उठ्ने गर्छ ।’

 

यस्तै काखमा ३ महिने शिशु च्यापेको अवस्थामा टंगालस्थित भाटभटेनी छेउमा भेटिएकी सुनिता लिम्बूले पनि बच्चालाई अस्पताल लैजान खोज्दा ट्याक्सीले अत्यधिक भाडा मागेको गुनासो गरिन् ।

 

विशालनगर बस्ने सुनिता आफ्नो ३ महिने छोराले गएरातिदेखि बान्ता गर्न थालेपछि शिक्षण अस्पताल महाराजगञ्ज लान लाग्दा समस्यामा परेको बताउँछिन् ।

 

उनले भनिन्, ‘छोरालाई अस्पताल लाने भनेर बाटोमा निस्कएको ४५ मिनेट भइसक्यो । गाडी आए पनि प्याक आएका छन् । ट्याक्सीमा जान खोज्दा मिटरमा जान मानेका छैनन् । ६ सय लिने भनिरहेका छन् ।’

 

सडकमा सवारी कम भएपछि यात्रुहरूको हातरोको फाइदा उठाउँदै ट्याक्सीहरूले तेब्बरभन्दा बढी भाडा लिएको गुनासो अधिकांश यात्रुको छ ।

 

महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले कतिपय ठाउँमा सादा पोशाकमा ट्राफिक प्रहरी खटिरहेको र आवश्यक दोषी भेटिए कारवाही गर्ने बताए ।

 

उनले ट्याक्सी रोक्ने सबै चोकतिर सादा पोशाकमा ट्राफिक प्रहरी खटाउने पनि जानकारी दिए ।

 

पन्तले भने, ‘हामीले नियमित अनुगमन गरिरहेका छौं । कतिपय ठाउँमा सादा पोसाकमा ट्राफिक प्रहरी खटिएका छन् । कतिपय ठाउँमा खटाउने तयारी गरिरहेका छौं । यात्रुहरूले पनि तत्काल नजिकको ट्राफिक प्रहरी वा महाशाखामा ट्याक्सी नम्बर दिएर फोन गरे पनि कारबाही हुन्छ ।’

 

काठमाडौंमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक०को चौथौ शिखर सम्मलेनको सुरक्षाका लागि आज (बुधबार) देखि काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जोर–बिजोर प्रणाली लागू भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

 

ट्राफिक प्रहरीकाअनुसार बुधबार र शुक्रबार बिजोर नम्बर ९अन्तिम अंक १, ३, ५, ७ र ९० भएका सवारीसाधन चल्न पाउनेछन् भने १४ गते जोर नम्बर९ नम्बरको अन्तिम अंक ०, २, ४, ६, ८० भएका सवारीसाधन मात्रै सडकमा निस्कन पाउनेछन् ।

 

सञ्चारकर्मी ९पत्रकार०हरुका लागि चढ्ने प्रेसका सवारी साधनसहित अत्यावश्यक सेवाका सवारी साधनमा भने जोरबिजोर प्रणाली लागू नभएको गृह मन्त्रालयले जनाएको छ ।

 

सरकारले बिहिबार र शुक्रबार काठमाडौ उपत्यकाका सम्पूर्ण शिक्षण संस्थामा बिदा पनि दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
देश जलाउनेलाई तपाईहरुले चिन्नुपर्छ : हेश बस्नेत

      नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं.२ का उम्मेदवार महेश...

रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...