ट्याङ्करको ठक्करबाट युवतीको मृत्यु



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक बुधबार बिहान भएको सडक दुर्घटनामा बबिता थापाको मृत्यु भएको छ।

 

ना ४ ख २९४८ नम्बरको ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा ३४ प ५४१५ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ।

 

सोही दुर्घटनामा मोटरसाइकल चालक देवकुमार रिजाल सामान्य घाइते भएका छन्। ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय वीरबहादुर बिकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...