बिमस्टेक शिखर सम्मेलनः घोषणापत्रको अन्तिम टुंगो लगाउन परराष्ट्र मन्त्रीस्तरीय बैठक चल्दै



 

 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९विमस्टेक० को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्रमन्त्रीस्तरीय बैठक चलिरहेको छ ।

 

बिहीबार र शुक्रबार काठमाडौँमा हुने बिमस्टेक सम्मेलनमा गरिने एजेण्डा र समहमतिको विषयको अन्तिम टुंगो लगाउन परराष्ट्रमन्त्रीस्तरीय बैठक बसेको हो । काठमाडौँको सोल्टी होटलमा जारी रहेको बैठकमा सबै सदस्य देशका परराष्ट्रमन्त्रीको सहभागिता रहेको छ।

 

यो बैठकले मंगलबार भएको परराष्ट्र सचिवस्तरीय बैठकले तय गरेका विषयलाई थप छलफल गरी टुंगो लगाउने छ ।

परराष्ट्र मन्त्रालय मन्त्रालयका अनुसार बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, भोलि बिहीबार सुरु हुने शिखर सम्मेलन तयारी, मंगलबार सम्पन्न बिमस्टेकका वरिष्ठ पदाधिकारीको १९ औं बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुने छन्।

 

सचिवस्तरीय बैठकमा ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने सम्बन्धी निर्णय भएको छ ।

 

बैठकले भन्सारसम्बन्धी सहायता, सम्पर्क र सम्बन्ध विस्तार, प्रविधि, प्रतिआतंकवाद अन्तर्राष्ट्रिय अपराध, कृषि, गरिबी निवारण, जनस्वास्थ्य र सचिवलायको सुदृढीकरण र त्यसको बजेट अनुमोदन गरेको छ ।

मन्त्रीस्तरीय बैठकमा यी सबै विषयमा थप छलफल हुँदैछ । यस्तै मन्त्रीस्तरीय बैठकमा बिमस्टेकका महासचिव तथा बंगलादेशका कूटनीतिज्ञ शाहीदुल इस्लामले सम्मेलनसँग सम्बन्धित प्रतिवेदन पेश गर्नेछन् ।

 

यस्तै बैठकले सम्मेलनको तयारीमा भएका काममाथिको छलफल तथा सचिवस्तरीय बैठकले तयार गरेको मस्यौदा र काठमाडौँ घोषणापत्रलाई सम्मेलनमा पेश गर्ने निर्णय गर्नेछ ।

 

बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भी। के। सिंहले गर्ने छन्।

 

यसैगरी म्यानमारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिएका छन् ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने छन्।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा