पोर्न भिडियो म्यासेन्जरमा पठाएको आरोपमा पत्रकार पक्राउ



हाम्रो इकोनोमि

 

 

 पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार पक्राउ परेकी छिन्। एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पोर्न भिडियो साथीलाई म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ परेकी हुन्।
‘कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरेका छौँ’, एसएसपी सिंहले भने, ‘उनलाई साइबर क्राइममा गिरफ्तार गरिएको हो।’

उजुरीका आधारमा अपराध महाशाखाले काठमाडौंको लाजिम्पाटबाट हमाललाई पक्राउ गरेकाे हाे । हमाललाई काठमाडौं परिसरमा राखिएको छ।

हमाल र चौधरी पत्रकार महासंघ सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...