पोर्न भिडियो म्यासेन्जरमा पठाएको आरोपमा पत्रकार पक्राउ



 

 

 पोर्न भिडियो साथीको म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी एक पत्रकार पक्राउ परेकी छिन्। एक पत्रकारले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार पोर्न भिडियो साथीलाई म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ परेकी हुन्।
‘कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोपमा विद्या चौधरीले उजुरी दिएपछि हमाललाई पक्राउ गरेका छौँ’, एसएसपी सिंहले भने, ‘उनलाई साइबर क्राइममा गिरफ्तार गरिएको हो।’

उजुरीका आधारमा अपराध महाशाखाले काठमाडौंको लाजिम्पाटबाट हमाललाई पक्राउ गरेकाे हाे । हमाललाई काठमाडौं परिसरमा राखिएको छ।

हमाल र चौधरी पत्रकार महासंघ सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा