श्रीमती छोडेर भागे सीमा वार्तामा गएका प्रजिअ र डिएसपी



 

चीनको स्वशासित क्षेत्र तिव्वतको ताक्लाकोटमा हुने नेपाल र चीनका सुरक्षा अधिकारी बीचको सीमा बैठकमा भाग लिन गएका प्रमुख जिल्ला अधिकारीको टोलीलाई नेपाल र चीनको सिमा क्षेत्र हिल्साका स्थानीय महिलाहरु घेरेपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख डिएसपी रातारात भागेका छन्।

 

सिमावर्ती क्षेत्र हिल्सामा बसोबास गर्ने स्थानीयबासीसंगै सम्पुर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावतमा सहजता, खाद्यान्न र दैनिक उपभोग्य सामान आयातमा सहजताका लागि पहल गरि समस्या समाधान र लागु औषध ओसारपसार तथा अन्तरदेशिय अपराध नियन्त्रणका लागि चिनीया पक्षसंग वार्ता गर्न भदौ ८ गते प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाको नेतृत्वमा ३ सदस्यीय टोली ताक्लाकोट प्रस्थान गरेको थियो ।

 

हिल्सास्थित नेपालीहरुले दैनिक उपभोग्य सामान र चीनमा रहेको प्रमुख धार्मीकस्थल मानसरोवर कैलाश आवतजावत सहज गराउनका लागि वार्ता नभई वार्ताका नाममा श्रीमती घुमाउने काम गरेको भन्दै आक्रोश व्यक्त गरी प्रमुख जिल्ला अधिकारीको टोलीलाई हिल्सामा घेराबन्दी गरिएको थियो।

 

स्थानीयबासीसंगै सम्पुर्ण हुम्लाबासी र कर्मचारीलाई आवतजावत गर्नका लागि सहज वातावरण र दैनिक उपभोग्य सामान आयातमा सहजता नभएसम्म हिल्साबाट फर्किन नदिने भन्दै हेलिकप्टर चढन नदिए पछि आफुसंगै मानसरोवर कैलाश दर्शनका लागि गएकी श्रीमतीलाई हिल्सा छोडेर बेलुकी ७ बजे प्रमुख जिल्ला अधिकारी मादबप्रशाद ढुङगाना र प्रहरी प्रमुख डिएसपी रबिन श्रेष्ठ भागेर हिडेको नाम्खा गाउँपालिका १ की पेमाअंंङमु लामाले बताइन् ।

 

चिनियाँ पक्षले परम्परादेखि गर्दै आएको कैलाश मानसरोवरको धार्मिक यात्रामा केही बर्षदेखि प्रतिबन्ध लगाएको, सिमा क्षेत्रको ३० किलोमिटर सम्म दुबै देशका स्थानीयबासीले  सहज रुपमा आवतजावत गर्न पाउने निती अनुरुप नेपालीले आवतजावत गर्न नपाएको, हिल्सामा चिनियाँ पक्षले नेपालीलाई गरिने अपमान जस्ता बिभिन्न गतिविधी हुँदा समेत दुई पक्षिय वार्तामा नेपाली वार्ता टोलीका सदस्यले कुनै वास्ता नगरेको र देशभरी जहाँ बसेर पनि व्यापार व्यवसाय गर्न पाउने अधिकारलाई प्रमुख जिल्ला अधिकारीले हिल्सा नबसेर आ–आफ्नो गाउ ठाउमा गएर खेतीपाती गरेर बसे यस्तो समस्या नआउने भनेर आफुहरुको अधिकार माथी नै धावा बोलेपछि हिल्साका स्थानीय महिलाहरु आक्रोसित भएर बार्ता टोली बसेको घर सिमा प्रहरी चौकी घेरा हाली आफ्नो माग पुरा नहुँदासम्म जिल्ला फर्किन नदिने भन्दै नारा बाजी गरेको  लामाले बताईन् ।

 

जिल्लाका सिडिओ, डीएसपी, एलडिओहरुले सीमा बार्ताका नाममा आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने सिवाय अरु कुनै उपलब्धी नगरेको नाम्खा गाउँपालिका वडा नम्बर ३ च्यादुककी  धोङजुङ लामाले बताइन् ।

दैनिक उपभोग्य सामान सहज र नेपालीहरुलाई आवत जावत सहज गरार्इ दिन माग राख्दा उल्टै गाउँमा गएर बस भनेको लामाको गुनासो छ ।

 

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगनाको श्रीमतीले सिमाबासीहरुको समस्या समाधान गराउन आफु लागि पर्ने भनी प्रतिबद्धता गरेपछि हिल्साबाट छोडेको नाम्खा गाउँपालिका १ की पेमाआंंङमु लामाले बताइन् ।

सीमा सुरक्षा वार्ताका लागि हिल्सा पुगेका प्रमुख जिल्ला अधिकारीको टोलीले हिल्साबासीहरुको मागलाई लिखितरुपमा सम्बोधन हुनुपर्ने स्थानीयहरुको माग रहेको थियो ।

 

सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल र सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाको पहलबाट प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङगाना र प्रहरी प्रमुख रविन श्रेष्ठको श्रीमती हिल्साबाट सदरमुकाम सिमिकोट ल्याउने पहल भएको छ ।

यसै बिषयमा प्रमुख जिल्ला अधिकारीले जहाँ जहाँ मान्छे र बस्ती छ त्यही त्यहा गएर सबैको समस्या समाधान गर्न नसकिने उल्लेख गर्दै समस्या समाधानका लगि कार्यालयमै आउनुपर्ने भनाई राखे । सिमावासीहरुले आफ्नो माग पुरा गर्न जुन तरिका अपनाए त्यो गलत हो यसरी कसैको माग पुरा हुदैन उनले भने । आफुसँग कसैले  यस्तो माग नराखेको र यसरी कसैलाई घेराबन्दी गर्न नपाइने बताए । आफुहरु हिल्साबाट भागेको नभई ठाउँठाउँमा रहेका प्रहरी चौकी निरीक्षणका लागि हिडेको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए ।

यो यस बर्षको मात्र समस्या होईन वर्षेनी सिमा वार्ताका नाममा प्रमुख जिल्ला अधिकारी लगायतका टोलीहरुले आफ्ना आफन्त र श्रीमतीलाई मानसरोवर कैलाश घुमाउने र स्थानीयबासीले  दुःख पाउने परम्परा चलिरहेको छ। चिनीयाँ पक्षले बार्ताका लागि पुलीस स्टेशन प्रमुख सहित तीन जना प्रहरी अफिसर बार्ताका लागि आउन भनि निम्तो पठाएको भए पनि  बार्तामा प्रजिअ ढुङ्गाना, डिएसपी श्रेष्ठ र जिल्ला अनुसन्धान प्रमुख तिलक केसी दम्पती वार्तामा गएका थिए ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा