सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु



 

सल्यानमा घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । एकजना बालिकाको भने जिवितै उद्धार गरिएको छ ।

घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर भत्किँदा उनीहरु च्यापिएका थिए ।

घटनास्थलमा स्थानीयबासी र सीमाखोली प्रहरी इकाइको टोलीले उद्धार गरेको थियो । अहिले सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको टोली पनि घटनास्थल प्रस्थान गरिसकेको छ ।

घटनास्थल सीमाखोली प्रहरी इकाइबाट करिब सात किलोमिटर पूर्वमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा