गोरखा जेल ब्रेककी कमाण्डर शिलु पक्राउ, विप्लव माओवादीलाई फेरि अर्को धक्का



हाम्रो इकोनोमि

 

 

नेत्रबिक्रम चन्द ९बिप्लब० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी अर्को शीर्ष नेता आज (मंगलबार) पक्राउ परेकी छन् ।

प्रहरीले आज चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु) लाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, यस विषयलाई प्रहरीले गोप्य नै राखेको छ ।

१० बर्षे सशस्त्र माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना माओवादी कार्यकर्ताहरुले गोरखा जेल ब्रेक गरेका थिए ।

 

पहिलो संविधानसभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल अहिले बिप्लब नेतृत्वको नेकपाकी शीर्ष नेतामा हुन् । गोरखा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल त्यसपछि माओवादीको सैन्य फाँटमा सक्रिय रहिन् र जनसेनाको ब्रिगेड कमाण्डर र कमिसार समेत हुन सफल भएकी थिइन् ।

माओवादी विभाजित भए पनि शुरुमा मोहन बैद्य नेतृत्वको माओवादीमा रहेकी उनी त्यो पार्टी पनि विभाजित भएपछि चन्द नेतृत्वको माओवादीमा सक्रिय छिन् ।

 

पछिल्लो समय माओवादीका शीर्ष नेताहरु धमाधम पक्राउ पर्न थालेका छन् । विप्लव माओवादीले सैन्य अभ्यास र हतियारको बन्दोवस्ती थालेको समाचार सार्वजनिक हुन थालेपछि सरकार विप्लव माओवादीप्रति आक्रमक बनेको हो ।

केहि समयअघि मात्र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरु पक्राउ परेका छन् । सरकारले विप्लव माओवादीलाई वार्ताका लागि आह्वान गरे पनि विप्लव माओवादीले भने वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...