गोरखा जेल ब्रेककी कमाण्डर शिलु पक्राउ, विप्लव माओवादीलाई फेरि अर्को धक्का



हाम्रो इकोनोमि

 

 

नेत्रबिक्रम चन्द ९बिप्लब० नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी अर्को शीर्ष नेता आज (मंगलबार) पक्राउ परेकी छन् ।

प्रहरीले आज चर्चित माओवादी नेतृ उमा भुजेल (शिलु) लाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीले पारिवारिक स्रोतले जानकारी दिएको छ । तर, यस विषयलाई प्रहरीले गोप्य नै राखेको छ ।

१० बर्षे सशस्त्र माओवादी जनयुद्धकी चर्चित नेतृ भुजेलको नेतृत्वमा ५ जना माओवादी कार्यकर्ताहरुले गोरखा जेल ब्रेक गरेका थिए ।

 

पहिलो संविधानसभा सदस्य र त्यसअघिको अन्तरिम संसदमा सदस्य रहेकी भुजेल अहिले बिप्लब नेतृत्वको नेकपाकी शीर्ष नेतामा हुन् । गोरखा जेल ब्रेक गरेर निस्केकी नेतृ भुजेल त्यसपछि माओवादीको सैन्य फाँटमा सक्रिय रहिन् र जनसेनाको ब्रिगेड कमाण्डर र कमिसार समेत हुन सफल भएकी थिइन् ।

माओवादी विभाजित भए पनि शुरुमा मोहन बैद्य नेतृत्वको माओवादीमा रहेकी उनी त्यो पार्टी पनि विभाजित भएपछि चन्द नेतृत्वको माओवादीमा सक्रिय छिन् ।

 

पछिल्लो समय माओवादीका शीर्ष नेताहरु धमाधम पक्राउ पर्न थालेका छन् । विप्लव माओवादीले सैन्य अभ्यास र हतियारको बन्दोवस्ती थालेको समाचार सार्वजनिक हुन थालेपछि सरकार विप्लव माओवादीप्रति आक्रमक बनेको हो ।

केहि समयअघि मात्र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहितका नेताहरु पक्राउ परेका छन् । सरकारले विप्लव माओवादीलाई वार्ताका लागि आह्वान गरे पनि विप्लव माओवादीले भने वार्ताको औचित्य नभएको प्रतिक्रिया दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...