अपहृत बालिकालाई यसरी बचाइयो, अपहरणमा संलग्न एकजना पक्राउ



हाम्रो इकोनोमि

 

मोरङको उर्लाबारी नगरपालिका–६ की चार वर्षीय बालिकालाई स्थानीयबासीले अपहरणकारीबाट छुटाउन सफल भएका छन् । सोमबार साँझ अपहरण गरेर लग्दै गरेको देखेपछि स्थानीय बासिन्दाले बालिकाको सकुशल उद्धार गरेर बचाएका हुन् ।

आँगनमा साथीहरुसँग खेल्दै गरेको अवस्थामा उर्लाबारी–६ का कमलकुमार घिमिरेकी छोरी कृतिकालाई एक युवाले साँझ ७ बजेतिर अपहरण गरेर लगेका थिए । तर स्थानीयले तत्काललै देखेपनि उनलाई बचाइएको हो ।

बालिकालाई जोगाएका स्थानीयले अपहरणमा संलग्न झापाको दमक नगरपालिका–८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले साथीसँग खेलिरहेको अवस्थामा बालिकालाई करिब दुई सय मिटर पर पु¥याएपछि उद्धार गरेका हुन् ।

स्थानीयबासिन्दाले कार्कीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको जानकारी दिए । आँगनमा भेला भएका अरु बालबालिकासँग खेल्दै गरेकी  बालिकााई  उनले उठाएर लगेको प्रहरीले जनाएको छ ।

बालिका उर्लाबारीकै नमुना मन्टेश्वरीमा नर्सरीमा पढ्छिन् । प्रहरीका अनुसार उनीसँगै सात÷आठ वर्ष उमेर समूहका अन्य चार÷पाँच जना बालबालिका पनि खेल्दै थिए ।

‘छोरीलाई उठाउनुअघि उनीसँग खेल्दै गरेका अरुलाई लैजान फकाउने कोशिश गरिएको रहेछ,’ बालिकाका बुवा कमलकुमारले भने, ‘उनीहरु अलि ठूला र कुरा बुझ्ने भएकाले अपहरणकारीले आफ्नो प्रभावमा पार्न नसकेको पाइयो ।’

चक्लेट र फलफुल किनिदिन्छु भनेर फकाएको भए पनि संगै खेल्दै गरेका अरुले नयाँ मान्छे भएकाले नमानेपछि अन्तिममा छोरीलाई नै उठाएर लगेको उनले बताए ।

‘सुरुमा फकाएर ठूला उमेर भएकालाई लैजान खोजेको पाइयो,’ उनले भने, ‘कसैले नमानेपछि कुरा बुझ्न नसक्ने अवस्थाकी सानी नानीलाई उठाएर लगेछ ।’ घिमिरेले चकलेट र फलफुल किनिदिन्छु भनेपछि त्यसमा लोभिएका कारण छोरीले रुने कराउने केही पनि नगरेको बताउँदै भने, ‘धन्न बेलैमा थाहा पाइयो । नभए कहाँ पु¥याएर के गर्ने थिए ।’

 

छिमेकीले पत्नीलाई बलात्कार गरेको भन्दै पतिकै उजुरी

 

रोल्पामा एक पुरुषले आफ्नी पत्नीलाई छिमेकी पुरुषले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

माडी गाउँपालिका–१ घर्तीगाउँका ती पतिले आफ्नी पत्नीलाई छिमेकी ४८ वर्षीय बीरबल बुढामगरले बलात्कार गरेको आरोपसहित इलाका प्रहरी कार्यालय घर्तीगाउँमा शनिबार उजुरी दिएका हुन् ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक राजकुमार पहाडीका अनुसार उजुरी आएपछि आरोपित बुढामगरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।

आइतबार नै आरोपितलाई थप अनुसन्धानका लागि जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतबाट १५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

प्रहरीमा परेको उजुरीमा आफ्नी पत्नीलाई छिमेकी बुढामगरले उनकै पसलमा लगेर बलात्कार गरेको उल्लेख गरेका छन् । भदौ ७ गते दिउँसो साढे चार बजे पत्नीमाथि बलात्कार भएको थाहा पाएर आफुले उजुरी दिएको उनले दावी गरेका छन् ।

स्रोतका अनुसार आरोपित बुढामगर र महिलाबीच यौनसम्बन्ध भइरहेको गाउँलेले थाहा पाएर उनका पतिलाई सुनाएका थिए । रिसले आवेगमा आएका पतिले आरोपित पुरुषलाई उनकै पसलमा चिर्पटले हानेका थिए ।

आरोपित बुढामगर टाउकोमा चोट लागेर रक्ताम्य भएपछि ती महिलाका पतिले पत्नीमाथि जबरजस्ती करणी गरेको उजुरी दिएको बताइएको छ । महिलाले भने उजुरी दिएकी छैनन् ।

पतिको जाहेरीका आधारमा बलात्कारमा परेकी भनिएकी महिलालाई पनि प्रहरीले सोधपुछ गरिरहेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

 

सम्धीबाट सम्धिनी बलात्कृत

नेपालमा अहिले बलात्कारका घटना बढिरहेका छन् । बलात्कारका घटनामा आफन्त र छरछिमेककै व्यक्तिको बढी संलग्नता देखिंइरहेका बेला मोरङ्ग अनौठो खालको बलात्कारको घटना सार्वजनिक भएको छ ।

मोरङको रङ्गेली नगरपालिका–२ का ६० वर्षीय सुन्दरलाल झागर ७० वर्षीया नातेदार महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । छोरीको घरमा बस्दै आएकी नातामा सम्धिनी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा झागर हिजो १० भदौ बेलुका प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गत ५ भदौमा झागरले बृद्धालाई चिसो पेय पदार्थमा मदिरा मिसाएर खुवाई बलात्कार गरेका थिए । पीडितकी छोरीले आमा बलात्कृत भएको ५ दिनपछि जाहेरी दिएकै दिन झागर पक्राउ परेका हुन् । उनलाई ११ भदौमा अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कबिन्द्र कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...