निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्टका छोराले लेखे यस्तो‘



 

 

निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको अनुसन्धानका क्रममा निलम्बित कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफूलाई निर्मला हत्याकाण्डमा जोडिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार–प्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाण बिना प्रशारण नगर्न अनुरोध गर्दछु ।’’

साउन १० गते आफ्नो जन्मदिन रहेको र आफू त्यसदिन दिनभर फोटो सुटमा व्यस्त रहेको अनि साँझ घरमै आएर सुतेको पनि उनले उल्लेख गरेका छन् ।

निर्मला पन्तले न्याय पाउनुपर्ने पक्षमा आफू पनि रहेको र आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने वचन पनि एसपी विष्टका छोराले दिएका छन् ।

‘‘निर्मला पन्त बहिनीले न्याय पाउनुपर्छ, असली अपराधीले सजाय पाउनुर्छ । यसका लागि अनुसन्धान प्रक्रियामा म सघाउन तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन सक्छु’, उनले लेखेका छन् । उनले आफूले बम दिदी–बहिनी र मेयरका भतिजालाई नचिनेको पनि दाबी गरेका छन् ।

बिना कमजोरी आफूले मानसिक यातना खेप्नुपरेको भन्दै उनले सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नेहरुलाई छानविन गरी कार्बाहीको माग समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा