विमस्टेक : ‘भीआइपी’ पाहुना आउन शुरु, सडकमा उच्च सुरक्षा, यी रुट हुँदैछन् बन्द



हाम्रो इकोनोमि

 

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन आजदेखि ‘भीआइभी’ आउन थालेका छन् ।

विमस्टेक सम्मेलनका ‘भीआइपी’ पाहुनाका लागि तयार गरिएको बुलेट प्रुफ गाडीहरु
आज (मंगलबार) म्यानमारका राष्ट्रपति युमिन मिच काठमाडौं आउँदैछन् । राष्ट्रपति युमिन दिउँसो पौन दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ । विमानस्थलबाट म्यानमारका राष्ट्रपति युमिन कालिमाटीमा रहेको होटल सोल्टी जाने कार्यक्रम छ । विमानस्थलबाट कालिमाटी जाने क्रममा उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसका लागि अहिले तीन वटा रुटलाई तयारी अवस्थामा राखिएको छ । जसमा विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, त्रिपुरेश्वर, कालिमाटी दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रो विमानस्थलबाट कोटेश्वर, वल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको छ ।

युमिन आउने बेलासम्म सवारी चापलाई मध्यनजर गर्दै रुट तय गर्ने तयारीमा ट्राफिक प्रहरी रहेको छ । उक्त समय उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन बन्द रहने छ । यस्तै श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानन्यायाधीश बिमस्टेकको सम्मेलनमा सहभागी हुन भोलि (बुधबार) नेपाल उत्रने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

२ करोड खर्चेर सिंगारियोे काठमाडौं
विमस्टेकको सम्मेलनलाई लक्षित गर्दै काठमाडौं उपत्यकालाई बेहुलीझै सिंगारिएको छ । विशेष गरी विदेशी पाहुँनाको रुटमा पर्ने क्षेत्रमा स्वागतद्वार, नेपालको संस्कृति झल्काउने खालको होर्डिङ बोर्डहरु राखिएको छ । खाल्टा खुल्टी पुररिएको छ भने धेरै ठाउँमा रंगरोगन गरिएको छ ।

त्यसका लागि करीब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्थाहरुले प्रवेशद्वार तथा राष्ट्रप्रमुखहरुको स्वागतमा होडिङ बोर्ड निर्माण गरेका छन् ।

सुरक्षामा विशेष ध्यान
बिमस्टेकमा आउने विदेशी पाहुनाको सुरक्षा र सम्मेलनको सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्ने छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरुले पनि खटिनेछन् । सबै तहका सुरक्षा निकाय गरी १८ हजार भन्दा धेरै सुरक्षाकमी खटिने छन् ।

यी हुन् भीआइपी पाहुना
सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहने छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच मंगलबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला सिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ । सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री चाङओचा आइपुग्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...