विमस्टेक : ‘भीआइपी’ पाहुना आउन शुरु, सडकमा उच्च सुरक्षा, यी रुट हुँदैछन् बन्द



हाम्रो इकोनोमि

 

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मलेनमा सहभागी हुन आजदेखि ‘भीआइभी’ आउन थालेका छन् ।

विमस्टेक सम्मेलनका ‘भीआइपी’ पाहुनाका लागि तयार गरिएको बुलेट प्रुफ गाडीहरु
आज (मंगलबार) म्यानमारका राष्ट्रपति युमिन मिच काठमाडौं आउँदैछन् । राष्ट्रपति युमिन दिउँसो पौन दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने कार्यक्रम छ । विमानस्थलबाट म्यानमारका राष्ट्रपति युमिन कालिमाटीमा रहेको होटल सोल्टी जाने कार्यक्रम छ । विमानस्थलबाट कालिमाटी जाने क्रममा उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ ।

त्यसका लागि अहिले तीन वटा रुटलाई तयारी अवस्थामा राखिएको छ । जसमा विमानस्थलबाट सिनामंगल, तीनकुने, वानेश्वर, त्रिपुरेश्वर, कालिमाटी दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रो विमानस्थलबाट कोटेश्वर, वल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको छ ।

युमिन आउने बेलासम्म सवारी चापलाई मध्यनजर गर्दै रुट तय गर्ने तयारीमा ट्राफिक प्रहरी रहेको छ । उक्त समय उनको रुटमा पर्ने क्षेत्रको सवारी आवागमन बन्द रहने छ । यस्तै श्रीलंकाका राष्ट्रपति र भुटानका प्रधानन्यायाधीश बिमस्टेकको सम्मेलनमा सहभागी हुन भोलि (बुधबार) नेपाल उत्रने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

२ करोड खर्चेर सिंगारियोे काठमाडौं
विमस्टेकको सम्मेलनलाई लक्षित गर्दै काठमाडौं उपत्यकालाई बेहुलीझै सिंगारिएको छ । विशेष गरी विदेशी पाहुँनाको रुटमा पर्ने क्षेत्रमा स्वागतद्वार, नेपालको संस्कृति झल्काउने खालको होर्डिङ बोर्डहरु राखिएको छ । खाल्टा खुल्टी पुररिएको छ भने धेरै ठाउँमा रंगरोगन गरिएको छ ।

त्यसका लागि करीब २ करोड खर्च भएको छ । बिमस्टेकका लागि सडक विभाग र विभिन्न स्थानीय तहले सडक रंग रोगन गरिरहेका छन् भने विभिन्न सरकारी निकाय, गैरसरकारी संघसंस्थाहरुले प्रवेशद्वार तथा राष्ट्रप्रमुखहरुको स्वागतमा होडिङ बोर्ड निर्माण गरेका छन् ।

सुरक्षामा विशेष ध्यान
बिमस्टेकमा आउने विदेशी पाहुनाको सुरक्षा र सम्मेलनको सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा हुनेछ । सबैभन्दा भित्री घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा सशस्त्र प्रहरीले सुरक्षा प्रदान गर्ने छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरहरुले पनि खटिनेछन् । सबै तहका सुरक्षा निकाय गरी १८ हजार भन्दा धेरै सुरक्षाकमी खटिने छन् ।

यी हुन् भीआइपी पाहुना
सम्मेलनमा बिमस्टेक क्षेत्रका ७ वटै देशका राष्ट्र प्रमुख तथा कार्यकारी प्रमुखको उपस्थिति रहने छ । सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति युमिन मिच मंगलबार काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

यसैगरी १३ गते बुधबार श्रीलङ्कन राष्ट्रपति मेट्रिपाला सिरिसेना र भुटानका प्रधानन्याशीश योङ ओ छिरिङ वाङ्चो नेपाल आइपुग्ने कार्यक्रम छ । सम्मेलन उद्घाटनको दिन १४ गते बिहान भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री चाङओचा आइपुग्ने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...