मधेस आन्दोलनका शहीद परिवारलार्इ धमाधम रोजगारी दि‌ंदै प्रदेश सरकार



हाम्रो इकोनोमि

 

 

 

प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय अनुसार पदेश सरकारले शहीद परिवारलार्इ रोजगारी दिन सुरू गरेको हो ।

सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको छ ।मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्ति पत्र हस्तान्तरण समारोहमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिने बताए । ‘हामी आव्हान गरी सकेका छौ । जति शहीद परिवार सम्पर्कमा आउनुहुन्छ, सबैलाई योग्यता र क्षमताको आधारमा रोजगारी दिन्छौ ।’ उनले भने ।

यसअघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमती अनिला यादवलाईसमेत रोजगारी दिइएको थियो ।

मुख्य न्यायाधीवक्ता कार्यालयले हालसम्म दुर्इजना शहीद परिवारलाई रोजगारी उपलब्ध गराइएको छ । मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उनीहरुलाई रोजगारी दिइएको छ ।

निर्देशिका अनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...