आेली कै पालामा संघीयता धरापमा, उनी एकात्मक राज्य प्रणालीको पक्षमा छन्ः विमलेन्द्र निधि



 

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयमा स्थानीयको आवाजलाई दवाएर सरकारले न्यायको ढोका बन्द गर्न खोजेको आरोप लगाएका छन् ।

मंगलबारदेखि राजधानीमा सुरु भएको नगरपालिका संघको छैटाैं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले सरकार अपराधीको संरक्षणमा लागेकाले कानुनी राज्यको उपहास भएको आरोप लगाएका छन् ।

सरकारकै कारण संघियता खतरामा परेको भन्दै निधिले दुई तिहाईको सरकारको हातबाट संधियताले मृत्युवरण गर्न लाग्नु अवम्मको विषय भएको जनाए ।

प्रदेश नम्बर २ को प्रदेश सभालाई सम्बोधन गर्ने क्रममा दुई साताअघि प्रधानमन्त्री केपी शार्म ओलीले सप्तरीको मलेठ घटनामा आफ्नो पार्टी सरकारमा नभएको भनेर सरकारमाथि दोष थोपरेको प्रसंग कोट्याउँदै निधिले भने,‘प्रधानमन्त्रीज्यू, अहिले त तपाईँको पार्टी सरकारमा छ, तपाईँ प्रधानमन्त्री हुनुहुन्छ, गृहमन्त्री तपाईँकै हुनु्हुन्छ। तपाईँकै पालामा गोली चल्यो नि त।’

‘संघमा तपार्इँकै दुई तिहाई बहुमत छ, प्रदेश सरकार तपाईँकै छ, स्थानीय तहमा पनि तपार्इँकै बहुमत छ,’निधिले भने,‘अनि अधिकार दिन किन कन्जुस्याइँ गर्नुहुन्छ?’ सरकार संघमा अधिकार प्रत्योजनमा कन्जुस बन्दै गएकाले सिंगो नेकपा नै कमजोर प्रणालीको विकासमा लागि परेको निधिको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा