बिम्स्टेकमा अस्तव्यस्त बन्दै उपत्यका , कहाँ कहाँ – हुन्छ जाम, शैक्षिक संस्था बिदाबारे मंगलबार साँझसम्ममा टुंगो लाग्‍ने



 

 

बिहीबार र शुक्रबार काठमाडौंमा हुने बिम्स्टेक सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरू बुधबारदेखि नै काठमाडौं ओर्लंदै छन्।

विदेशी पाहुनाका लागि काठमाडौंका सडक चिटिक्क पारिएको भए पनि बुधबारदेखि तीन दिनसम्म उपत्यकावासीले सडकमा समस्या भोग्नुपर्ने देखिएको छ।

विम्स्टेक सम्मेलनमा मुख्यगरी उपत्यकाको यातायात सुविधा अस्तव्यस्त हुने सम्भावना रहेको छ। बुधबार, बिहीबार र शुक्रबार विदेशी भिआइपीहरूको आगमन तथा सम्मेलनले गर्दा यातायात अस्तव्यस्त हुने निश्चित जस्तै छ।

ट्राफिक प्रहरीले बुधबार, बिहीबार र शुक्रबारका लागि यातायतका साधनमा जोरबिजोर लागू हुने बताइसकेको छ। ट्राफिक महाशाखा प्रमुख वसन्त पन्तले गाडीको नम्बर प्लेटका आधारमा जोर विजोर लागू हुने बताए। उनका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर हुनेले सवारी चलाउन पाउनेछन्।

बिहीबार अन्तिम अंक जोर हुनेले सवारी चलाउन पाउनेछन्। ‘१३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१,३,५,७,९) भएका सवारी साधनहरू संचालन हुनेछन्। १४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०,२,४,६,८) भएका सवारी साधनहरू संचालन हुनेछन्।’ उनले भने। यी तीन दिन यातायातको साधनको उपलब्धता कम हुने छ।

जसले गर्दा दैनिक कार्यालय तथा विद्यालय जानु पर्नेलाई मुख्य समस्या हुने प्रहरीले बताएको छ। गृह मन्त्रालयले बुधबारदेखि शुक्रबारसम्म काठमाडौं उपत्यकाका विद्यालयहरू बन्द गर्ने प्रस्ताव राखे पनि हालसम्म शिक्षा मन्त्रालयले सहमति जनाएको छैन।

अहिले पनि यो विषय छलफलमै रहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। ‘शिक्षामन्त्री बिदाका बारेमा अहिलेसम्म कन्भिन्स हुनुभएको छैन,’ शिक्षा स्रोतले भन्यो, ‘अरू निकायबाट बिदा गर्नुपर्ने धारणा आएको छ।’ शिक्षा मन्त्रालय स्रोतका अनुसार तीन दिन शैक्षिक संस्थाहरू बिदा हुने प्रबल सम्भावना छ।

मंगलबार साँझसम्म यो विषयको टुंगो लाग्नेछ। विद्यार्थीहरूको बिदा भएसँगै कार्यालय जानेहरूको मात्रै सडकमा भिड हुनेछ। प्रहरीले विदेशी भिआइपीहरूको नेपाल ओर्लने समय र सडकमा गुड्ने समयका बारेको सूचना गोप्य राखेको छ। तर, बुधबारदेखि तीन दिनसम्म यातायातमा समस्या हुन सक्ने प्रहरीले जनाएको छ।

विम्स्टेकले गर्दा प्रहरीले काठकमाडौंको सुरक्षा व्यवस्था पनि कडा पारेको छ। कहाँ कहाँ हुने छ जामरु प्रहरीले भिआइपीहरूको रुटका बारेमा नबोलेको भए पनि सम्पूर्ण पाहुनालाई कालिमाटी र कलंकीको बीचमा रहेको सोल्टी होटलमा राख्ने टुंगो लागेको छ। रिङरोडबाहिर सुरक्षा र सडकको कारण देखाउँदै गृहले सबैलाई सोल्टीमै राख्ने व्यवस्था मिलाएको हो।

त्रिभुवन विमानस्थलमा ओर्लने भिआइपीहरू तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, कालिमाटी हुँदै सोल्टीमा पुग्नेछन्। जसले गर्दा गौशालादेखि नै जाम हुनेछ। बिम्सटेकले गर्दा गौशला, एयरपोर्ट, कोटेश्वर माइतिघर, थापाथली, कालिमाटी र कलंकीमा समेत जामको असर पर्नेछ। रिङरोडमा गुड्ने गाडीहरु कोटेश्वर र गौशालामा अड्किनेछन्।

भक्तपुरतिरबाट आउने गाडीहरू पनि कोटेश्वरमै अड्किनेछन्। तीनकुने हुँदै माइतिघरसम्मको सडकमा प्रहरीले गाडी गुड्न दिने छैन। त्यसैले गर्दा माइतिघरबाट सिंहदरबारतर्फको सडकमा पनि जाम हुनेछ। त्यो जामले गर्दा पुतलीसडक र टुँडिखेलको एकतर्फी सडकमा समेत जाम हुनेछ। ललितपुरबाट आउने गाडीहरु थापाथलीमा अड्किनेछन्।

थापाथलीबाट त्रिपुरेश्वर हुँदै जाने भएकोले त्रिपुरेश्वरमा पनि सुन्धारातिरबाट आउने गाडी अड्किनेछन्। त्रिपुरेश्वरदेखि कालीमाटी पुग्दासम्म प्रहरीले अरू गाडीलाई छिर्न दिनेछैन। त्यो बेला कालिमाटीबाट कुलेश्वरतर्फ जाम हुनेछ। कालिमाटीबाट भिआइपीहरू सिधै सोल्टी होटल जानेछन्।

साल्टी जाने क्रममा कलंकीबाट रत्नपार्कतर्फ आउने गाडीहरूलाई प्रहरीले कलंकीमा नै रोक्नेछ। यसरी उपत्यकाको आधा ठाउँमा विम्स्टेकले गर्दा जामको प्रत्यक्ष असर हुनेछ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा