निर्मला हत्या प्रकरण : काठमाडौं ल्याइएका आरोपी विष्टको मानसिक अवस्था जाँच हुँदै



हाम्रो इकोनोमि

 

कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या आरोपमा प्रहरी पक्राउ गरेका दिलिपसिंह बिष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।

 

बिष्टलाई आज (मंगलबार) बिहान विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा स्वास्थ्य चेकजाँच हुने जनाइएको छ । उनको मानसिक अवस्थाका विषयमा चेकजाँच शुरु भइसकेको प्रहरीले जनाएको छ ।

‘उनको मानसिक र शारीरिक स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएका हौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘बिहान गएका हुन् । पुगिसके होलान ।’ साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर, प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।

प्रहरी अनुसन्धानमा बिष्टले २०६५ मा आफ्ना कान्छा भिनाजु नारायणसिंह बिष्टको हत्या गरेको खुलेको थियो । उनी चालचलन राम्रो भएको कारागारको सिफारिसमा २०७४ जेठमा रिहा भएका थिए । तर स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन् ।

प्रहरी अनुसन्धानमा साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका—१८मा रहेकी साथी रोशनी वमको घरमा बिहान सवा ११ बजे विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन् । उनको साइकलको चेन फुस्किरहन्थ्यो । घटनाका दिन पनि साइकलको चेन फुस्किएको थियो । रोशनीको घरमा पुगेपछि उनले हात धोइन् ।

त्यसपछि दुबै साथी करीब दुई घण्टा त्यहाँ बसे । त्यसपछि निर्मला रोशनीको घरबाट नोटकपी, अम्बा र रोशनीले दिएको २० रुपैयाँ लिएर फर्किएकी थिइन् । प्रहरी अनुसन्धानमा घर फर्कदै गर्दा बाटोमा बिष्टसँग निर्मलाको भेट भएको थियो । निर्मला साइकलको चेन बनाउँदै थिइन् । बिष्टले सहयोग गरे । ‘युवतीहरु देखेपछि बिष्टले सन्तुलन गुमाएका हुन सक्छन् । त्यसपछि नजिकैको उखुबारीमा लगेर घटना भएको हो’, अनुसन्धान निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...