निर्मला हत्या प्रकरण : काठमाडौं ल्याइएका आरोपी विष्टको मानसिक अवस्था जाँच हुँदै



 

कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या आरोपमा प्रहरी पक्राउ गरेका दिलिपसिंह बिष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको छ ।

 

बिष्टलाई आज (मंगलबार) बिहान विमानबाट काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । उनको त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज र मानसिक अस्पताल पाटनमा स्वास्थ्य चेकजाँच हुने जनाइएको छ । उनको मानसिक अवस्थाका विषयमा चेकजाँच शुरु भइसकेको प्रहरीले जनाएको छ ।

‘उनको मानसिक र शारीरिक स्वास्थ्य जाँचका लागि काठमाडौं पठाएका हौं’, कञ्चनपुरका एसपी कुबेर कडायतले भने, ‘बिहान गएका हुन् । पुगिसके होलान ।’ साउन १० गते साथीकोबाट घर फर्कदै गर्दा बेपत्ता भएकी निर्मलाको साउन ११ गते कञ्चनपुरको उल्टाखाम उखुबारीमा शब फेला परेको थियो । अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।

कञ्चनपुर प्रहरी र काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा निर्मलाको बलात्कार र हत्यामा बिष्टको संलग्नता रहेको निष्कर्ष निकालेको थियो । तर, प्रहरी अनुसन्धानमा स्थानीयले असन्तुष्टि जनाएपछि आन्दोलन चर्किएको थियो । गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ ।

प्रहरी अनुसन्धानमा बिष्टले २०६५ मा आफ्ना कान्छा भिनाजु नारायणसिंह बिष्टको हत्या गरेको खुलेको थियो । उनी चालचलन राम्रो भएको कारागारको सिफारिसमा २०७४ जेठमा रिहा भएका थिए । तर स्थानीयको दाबी अनुसार बिष्ट मानसिक अवस्था ठीक नभएका ब्यक्ति हुन् । प्रहरीले मुख्य अभियुक्त बचाउन उनलाई उभ्याएको आरोप स्थानीयले लगाएका छन् ।

प्रहरी अनुसन्धानमा साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका—१८मा रहेकी साथी रोशनी वमको घरमा बिहान सवा ११ बजे विज्ञान विषयको उत्तरपुस्तिका लिन गएकी थिइन् । उनको साइकलको चेन फुस्किरहन्थ्यो । घटनाका दिन पनि साइकलको चेन फुस्किएको थियो । रोशनीको घरमा पुगेपछि उनले हात धोइन् ।

त्यसपछि दुबै साथी करीब दुई घण्टा त्यहाँ बसे । त्यसपछि निर्मला रोशनीको घरबाट नोटकपी, अम्बा र रोशनीले दिएको २० रुपैयाँ लिएर फर्किएकी थिइन् । प्रहरी अनुसन्धानमा घर फर्कदै गर्दा बाटोमा बिष्टसँग निर्मलाको भेट भएको थियो । निर्मला साइकलको चेन बनाउँदै थिइन् । बिष्टले सहयोग गरे । ‘युवतीहरु देखेपछि बिष्टले सन्तुलन गुमाएका हुन सक्छन् । त्यसपछि नजिकैको उखुबारीमा लगेर घटना भएको हो’, अनुसन्धान निष्कर्ष थियो ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा