७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षिय सुन्दरलाल झागड पक्राउ



 

बलात्कारीलाई फाँसी दिनुपर्ने मागसहित आवाज उठिरहेका अवस्थामा मोरङ्गमा ७० व वृद्ध महिला र १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् ।

 

मोरङ्ग बेलबारी ५ घर भई छोरीको घर रंगेली नगरपालीका वार्ड नं २ जलियाटोल पाहुना आएकी वृद्धा महिलालाई स्थानिय ६० वर्षिय सुन्दरलाल झागडले घरेलु मदिरा सेवन गराई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।

 

झागडले ती वृद्धालाई पाहुना आएकै छोरीको घरको भान्सा कोठामा रक्सीले मताएर बिहान ९ बजे र दिउँसो ३ बजे करणी गरेको पीडित वृद्धा महिलाले प्रहरी कार्यालयको उजुरीमा भनेकी छिन् । प्रहरीले झागडलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

 

त्यसैगरी मोरङ्ग धनपाल गाउँपालिकामा एक १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका ४ बस्ने १९ वर्षिय ‘भालु’ भन्ने महेश चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

 

चौधरीले ती बालिकालाई स्थानिय बोडिङ्ग स्कुल छेऊ एकान्त ठाउँमा ललाई फकाई लगी जवरजस्ती गरेको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले चौधरीलाई समेत नियन्त्रणमा लिई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा