बिम्स्टेक सम्मेलनः विशिष्ट पाहुना नेपाल आउने क्रम सुरु, सचिवस्तरीय बैठक बस्दै



हाम्रो इकोनोमि

 

भदौ १४ र १५ गते आयोजना गरिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि आजबाटै विशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकार प्रमुखको आवागमनका समयमा कम्तिमा आधा घन्टा विमानस्थल बन्द हुनेछ । सम्मेलनको लागि सरकारले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । यसपटकको सम्मेलमा सुरक्षाको कमान्ड नेपाली सेनाले गर्ने भएको छ ।

 

सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । सेनाकै सुरक्षा योजना अनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिने बुझिएको छ ।

यसका साथै सरकारले सम्मेलनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुलाई झकिझकाउ बनाएको छ

बिम्स्टेकको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका विदेश मन्त्रालयका सचिवस्तरीय बैठक अहिले बिहान काठमाडौंमा बसिरहेको छ । नेपालमा आयोजना गरिएको चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा बैठक बसिएको हो ।

 

परराष्ट्र मन्त्रालयका अनुसार बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र सचिवस्तरीय १९ औं बैठक आज भएको हो । मन्त्रालयका अनुसार बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

 

यस्तै, बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा समेत छलफल र परामर्श हुने बताइएको छ । परराष्ट्रका अनुसार सचिवहरुको बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्ररविदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्षरसरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...