बिम्स्टेक सम्मेलनः विशिष्ट पाहुना नेपाल आउने क्रम सुरु, सचिवस्तरीय बैठक बस्दै



हाम्रो इकोनोमि

 

भदौ १४ र १५ गते आयोजना गरिएको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि आजबाटै विशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु भएको छ । जसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आजदेखि शनिबारसम्म प्रभावित हुने भएको छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकार प्रमुखको आवागमनका समयमा कम्तिमा आधा घन्टा विमानस्थल बन्द हुनेछ । सम्मेलनको लागि सरकारले सुरक्षा व्यवस्था पनि कडा पारेको छ । यसपटकको सम्मेलमा सुरक्षाको कमान्ड नेपाली सेनाले गर्ने भएको छ ।

 

सरकारले सेनाको कमान्डमा सम्मेलन सुरक्षाका लागि सम्पूर्ण सुरक्षा संयन्त्र प्रयोग गर्ने योजना बनाएको हो । सेनाकै सुरक्षा योजना अनुसार अन्य सुरक्षा एजेन्सी परिचालित हुनेछन् । सबै सुरक्षा निकायका करिब १७ हजार सुरक्षाकर्मी खटिने बुझिएको छ ।

यसका साथै सरकारले सम्मेलनलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुलाई झकिझकाउ बनाएको छ

बिम्स्टेकको पूर्वसन्ध्यामा सचिवस्तरीय बैठक बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका विदेश मन्त्रालयका सचिवस्तरीय बैठक अहिले बिहान काठमाडौंमा बसिरहेको छ । नेपालमा आयोजना गरिएको चौथो शिखर सम्मेलनको तयारीका लागि सम्मेलनको पूर्वसन्ध्यामा बैठक बसिएको हो ।

 

परराष्ट्र मन्त्रालयका अनुसार बिम्स्टेक राष्ट्रका विदेश सचिव काठमाडौं आइपुगेको र सचिवस्तरीय १९ औं बैठक आज भएको हो । मन्त्रालयका अनुसार बैठकमा शिखर सम्मेलनका विषय, सिफारिस गर्ने विषयगत क्षेत्र र यसअघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

 

यस्तै, बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा समेत छलफल र परामर्श हुने बताइएको छ । परराष्ट्रका अनुसार सचिवहरुको बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्ररविदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्षरसरकार प्रमुखको शिखर सम्मेलन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...