निर्मला हत्याकाण्डबारे के भन्दैछन् आरोपित बम दिदीबहिनी ?,के हुँदैछ छानबिन ?



हाम्रो इकोनोमि

 

१३ वर्षीया निर्मला पन्त हत्याको अनुसन्धानका लागि भदौ ९ गते शनिबार पक्राउ परेका रोशनी र उनकी दिदी बबिता बमसँग प्रहरीले सोमबारदेखि बयान लिन शुरु गरेको छ।

 

कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट निलम्बनमा नपरुञ्जेलमा प्रहरीकै निगरानीमा बस्दै आएका बम दिदी बहिनी शनिबारदेखि नै जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेपनि, उनीहरुमाथि सोमबारदेखि मात्रै सोधपुछ गर्न थालिएको हो।

 

एसपी बिष्टको नेतृत्व रहँदासम्म त उनीहरुलाई छुने हिम्मत कसैको थिएन, प्रहरीको समेत । पक्राउ परे पनि दुई दिनसम्म निर्मला हत्या काण्डबारे वास्तै नगरेको प्रहरीले जिल्ला अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिएसँगै उनीहरुसँग सोधपुछ गर्न थालिएको हो । सोधपुछ र अनुसन्धानका क्रममा बम दिदी बहिनी नर्भस बनेको श्रोतले जनाएको छ ।

 

सोमबार बयान लिने क्रममा उनीहरुको मुख सुकेको र धेरै समय बयान दिन नसकेको बुझिएको छ। प्रहरीले आफ्नो विशेष मेथड प्रयोग गरेर उनीहरु अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहेको जनाएको छ।

 

प्रहरीको हिरासतमा पर्दा मान्छेको अबस्था जस्तो हुन्छ उनीहरुको हालत पनि त्यो भन्दा भिन्न नभएको प्रहरीको भनाइ छ । तर उनीहरुले सत्यतथ्य बताउनेमा आफुहरु विश्वस्त गरेको अनुन्धानमा खटिएका प्रहरी अधिकृतहरुको दाबी गरेका छन्। अबको एक दुई दिनमै निर्मला हत्याकाण्डबारे थुप्रै प्रमाण फेला पर्ने पनि उनीहरुले दाबी गरेका छन्।

 

रोशनी र बबिता बमलाई भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित उनीहरुकै घरबाट नियन्त्रणमा लिइएको हो। उनीहरुसँग निर्मलासँगको चिनजान र सम्बन्ध, साउन १० मा घटना भएको दिनको बसाइ, अम्बाको बोट काट्नुको कारण, घरमा रंगरोगन गर्नुको कारणबारे सोधपुछ भइरहेको विशेष श्रोतले जनाएको छ।

 

निर्मला हत्याकाण्डबारे अनुसन्धानका लागि कञ्चनपुर प्रहरीले, डीएसपी कृष्णराज ओझालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...