झापामा जीप दुर्घटना, एकको मृत्यु, चार घाइते



झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज ४५३३ नम्बरको स्कोरपियो जीप अनियन्त्रित भई सडकमै पल्टिँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो।

सो दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सो दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर-१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका-५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा