निर्मला हत्या प्रकरण : बम दिदी–बहिनीको अदालतबाट म्याद थप



हाम्रो इकोनोमि

 

१३ वर्षीया किशोरीको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका बम दिदी–बहिनी रोशनी र बबिताको सोमबार अदालतबाट म्याद थप गरिएको छ ।

 

जिल्ला प्रहरी कार्यालयले शनिबार पक्राउ गरेको थियो । उनीहरुलाई थुनामा राख्नका लागि म्याद थप गरिएको जनाए पनि कति दिन म्याद थपेको खुलाएको छैन । एक महिनाअघि भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा लापर्वाही गरेको भन्दै आन्दोलन चर्केपछि तत्कालीन सुरक्षा निकायका प्रमुख फेरिएपछि नयाँ टोलीले प्रारम्भिक चरणबाट पुनः अनुसन्धान शुरु गरेको हो । म्याद थपसँगै बम दिदी–बहिनीसँग बयान लिने तथा अन्य अनुसन्धानको काम चलिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण ओझाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...