मन्त्रीमण्डलमा ठूलै हेरफेर गर्दै प्रधानमन्त्री आेली, ईश्वर पोखरेल गृहमन्त्री बन्ने !



 

सरकारका वर्तमान मन्त्रीहरुको फेरबदल हुने निश्चित भएको छ ।

प्रधानमन्त्री आेलीले नेकपाका अर्का अध्यक्ष प्रचण्डसंगको गरेको लामो बैठकले मन्त्रीहरुलाई अदलबदल गर्न बाटो खुलेको आेली निकट स्रोतले जनाएको छ । यस्तै, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई रक्षामन्त्रालयमा पठाएर गृहमन्त्रालयमा ईश्वर पोखरेललाई ल्याउने तयारीले मुर्त रुप लिएको छ ।

 

केहि दिन यता विकशीत घटनाक्रमले सरकारको चाैतर्फी आलोचना सुरु भएपछि आेली प्रचण्डले बालुवाटारमा झण्डै ३ घण्टा लामो अतिगोप्य छलफल गरेका थिए । कञ्चनपुरमा भड्कीएको हिंसा नियन्त्रणमा गृहमन्त्री बादलले स्थिति काबुमा राख्न नसकेको भन्दै आेलीले प्रचण्डसामू गुनासो राखेको स्रोतको दावी छ ।

 

प्रधानमन्त्री आेली बादलको काम कारवाहीमा पहिले देखि नै असन्तुष्ट रहेको जनाइएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्बाट फिर्ता ल्याएदेखि नै आेली क्रुद्ध बनेका थिए । पछिल्लो समय गृहमन्त्री बादलले फेरि युद्धमा बालसेनाको प्रयोग सम्बन्धि थाइल्याण्डमा हुन लागेको कार्यक्रममा जान लागेका लेलिन विष्टलाई एयरपोर्ट बाटै फर्काएपछि सरकारको आलोचना चुलिएको थियो ।

 

विपक्षी कांग्रेसलाई सडकदेखि सदनसम्म यस्ता कुरालाई मुद्धा बनाएर जनमत आफू तिर केन्द्रित गर्न बादलले सहज वातावरण सिर्जना गरिदिएको आेलीको बुझाई नेपालपानाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा