कर्मचारीको तलबमा भारी वृद्धि



हाम्रो इकोनोमि

 

 

कर्मचारीहरुको तलवमा भारी बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा निजी कम्पनीमा काम गर्ने कनिष्ठ कर्मचारीको तलब सुविधा भारी मात्रामा बढेको देखिएको छ ।

 

नेपाल राष्ट्र ब्यांकले जारी गरेको समष्टिगत आर्थिक तथ्यांकले त्यस्ता कर्मचारीको तलब अघिल्लो वर्षको तुलनामा ४६.४ प्रतिशत बढेको देखाएको हो । निजी कम्पनीकै अधिकृत तहका कर्मचारीहरुको तलब भने १५.५ प्रतिशत बढेको छ । राष्ट्र ब्यांकले वार्षिक औसत तलब दरका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

ब्यांक तथा वित्तीय संस्था र शैक्षिक संस्था बाहेकका निजी व्यवसायिक प्रतिष्ठानहरुको तलब सुविधा धेरै बढेको देखिएको हो । तर, ब्यांक तथा वित्तीय संस्थामा भने कनिष्ठको भन्दा वरिष्ठ कर्मचारीको तलब धेरै बढेको देखिन्छ । ब्यांकहरुमा अधिकृत तहका कर्मचारीको तलव ८.५ प्रतिशत र गैरअधिकृत कर्मचारीको तलब ५.३ प्रतिशत बढेको तथ्यांकले देखाएको छ । तथापि, यो पनि राष्ट्र ब्यांकले नै जारी गरेको औसत मूल्य वृद्धिको दरभन्दा बढी हो ।

शिक्षा क्षेत्रमा भने कनिष्ठ कर्मचारी मारमा परेको देखिएको छ । शैक्षिक संस्थामा अफिसर्स अर्थात् अधिकृत तहका कर्मचारीको तलक ८.५ प्रतिशत बढेको छ भने गैरअधिकृत कर्मचारीको तलब २ प्रतिशत मात्र बढेको देखिन्छ । यो वास्तविक तलव अर्थात् मुद्रास्फीति समायोजन गरेर हेर्ने हो भने शैक्षिक संस्थाका कनिष्ठ कर्मचारीको तलब घटेको देखिन्छ ।

राष्ट्र ब्यांकले गत वर्ष ४.२ प्रतिशत औसत मूल्यवृद्धि भएको देखाएको छ । यसको अर्थ गत वर्ष रु. १००० पर्ने वस्तु यो वर्ष बजारमा रु. १०४२ पर्छ । तर तलब भने गत वर्ष रु. १००० पाउनेले यो वर्ष रु. १०२० मात्रै पाउँछ । अझ सरकारी सेवा र सुरक्षा फौजका कर्मचारीको तलब नै बढेन । सार्वजनिक संस्थानका कर्मचारीको तलव ०.७ प्रतिशत मात्र बढ्यो ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरमा पनि ज्याला दरमा यस्तै दोहोरो तथ्यांक देखिएको छ । खासगरी कृषि मजदुरको ज्यालादर आकर्षक रुपमा बढेको छ । यसमध्ये महिलाको ६.२ प्रतिशत र पुरुषको ५ प्रतिशत ज्याला बढेको तथ्यांक राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ । त्यस्तै डकर्मी र अरु सामान्य ज्यालादारीको ज्यालादर बढेको छ ।

पछिल्ला कृषि मजदुरको अभाव बढ्दै गएपछि त्यस क्षेत्रमा ज्यालादर पनि बढ्न थालेको छ । भुकम्पपछिको पुनर्निर्माणमा डकर्मी अभाव भएपछि त्यस्ता कामदारको ज्यालादरमा पनि भारी बृद्धि भएको देखिन्छ । तर, फर्नि्सिङमा भित्रिएका नयाँ र बढी इफिसियन्ट प्रविधिका कारण सिकर्मीको ज्यालादर भने बढ्न सकेको छैन । फर्निचर व्यवसायले औद्योगिक स्वरुप लिँदै गएकाले पनि यस क्षेत्रको ज्यालादर बढ्न नसकेको हुनसक्छ ।

राष्ट्र ब्यांकको तथ्यांक अनुसार डकर्मीको ज्याला दर ५.२ प्रतिशत र सिकर्मीको ज्यालादर ३.९ प्रतिशत बढेको छ । अन्य मजदुरको ज्यालादर पनि औसत ६.१ प्रतिशत बढेको छ । औद्योगिक कामदारको ज्यालादर भने १ प्रतिशतभन्दा कम अन्तरले बढेको देखिन्छ ।

तर औद्योगिक क्षेत्रमा काम गर्ने अदक्ष कामदारको ज्यालादर भने अस्वभाविक रुपमा १४.७ प्रतिशत बढेको देखिन्छ । यसरी महंगीदरलाई समायोजन गर्दा डकर्मी, कृषि मजदुर र अन्य ज्यालादारी मजदुरले महंगी थेग्नसक्ने गरी ज्याला बढेको देखिए पनि दक्ष औद्योगिक मजदुर र सिकर्मीको वास्तविक आम्दानी पोहोरभन्दा पनि घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...