कर्मचारीको तलबमा भारी वृद्धि



 

 

कर्मचारीहरुको तलवमा भारी बृद्धि भएको छ । गत आर्थिक वर्ष २०७४–७५ मा निजी कम्पनीमा काम गर्ने कनिष्ठ कर्मचारीको तलब सुविधा भारी मात्रामा बढेको देखिएको छ ।

 

नेपाल राष्ट्र ब्यांकले जारी गरेको समष्टिगत आर्थिक तथ्यांकले त्यस्ता कर्मचारीको तलब अघिल्लो वर्षको तुलनामा ४६.४ प्रतिशत बढेको देखाएको हो । निजी कम्पनीकै अधिकृत तहका कर्मचारीहरुको तलब भने १५.५ प्रतिशत बढेको छ । राष्ट्र ब्यांकले वार्षिक औसत तलब दरका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।

ब्यांक तथा वित्तीय संस्था र शैक्षिक संस्था बाहेकका निजी व्यवसायिक प्रतिष्ठानहरुको तलब सुविधा धेरै बढेको देखिएको हो । तर, ब्यांक तथा वित्तीय संस्थामा भने कनिष्ठको भन्दा वरिष्ठ कर्मचारीको तलब धेरै बढेको देखिन्छ । ब्यांकहरुमा अधिकृत तहका कर्मचारीको तलव ८.५ प्रतिशत र गैरअधिकृत कर्मचारीको तलब ५.३ प्रतिशत बढेको तथ्यांकले देखाएको छ । तथापि, यो पनि राष्ट्र ब्यांकले नै जारी गरेको औसत मूल्य वृद्धिको दरभन्दा बढी हो ।

शिक्षा क्षेत्रमा भने कनिष्ठ कर्मचारी मारमा परेको देखिएको छ । शैक्षिक संस्थामा अफिसर्स अर्थात् अधिकृत तहका कर्मचारीको तलक ८.५ प्रतिशत बढेको छ भने गैरअधिकृत कर्मचारीको तलब २ प्रतिशत मात्र बढेको देखिन्छ । यो वास्तविक तलव अर्थात् मुद्रास्फीति समायोजन गरेर हेर्ने हो भने शैक्षिक संस्थाका कनिष्ठ कर्मचारीको तलब घटेको देखिन्छ ।

राष्ट्र ब्यांकले गत वर्ष ४.२ प्रतिशत औसत मूल्यवृद्धि भएको देखाएको छ । यसको अर्थ गत वर्ष रु. १००० पर्ने वस्तु यो वर्ष बजारमा रु. १०४२ पर्छ । तर तलब भने गत वर्ष रु. १००० पाउनेले यो वर्ष रु. १०२० मात्रै पाउँछ । अझ सरकारी सेवा र सुरक्षा फौजका कर्मचारीको तलब नै बढेन । सार्वजनिक संस्थानका कर्मचारीको तलव ०.७ प्रतिशत मात्र बढ्यो ।

दैनिक ज्यालादारीमा काम गर्ने मजदुरमा पनि ज्याला दरमा यस्तै दोहोरो तथ्यांक देखिएको छ । खासगरी कृषि मजदुरको ज्यालादर आकर्षक रुपमा बढेको छ । यसमध्ये महिलाको ६.२ प्रतिशत र पुरुषको ५ प्रतिशत ज्याला बढेको तथ्यांक राष्ट्र ब्यांकले सार्वजनिक गरेको छ । त्यस्तै डकर्मी र अरु सामान्य ज्यालादारीको ज्यालादर बढेको छ ।

पछिल्ला कृषि मजदुरको अभाव बढ्दै गएपछि त्यस क्षेत्रमा ज्यालादर पनि बढ्न थालेको छ । भुकम्पपछिको पुनर्निर्माणमा डकर्मी अभाव भएपछि त्यस्ता कामदारको ज्यालादरमा पनि भारी बृद्धि भएको देखिन्छ । तर, फर्नि्सिङमा भित्रिएका नयाँ र बढी इफिसियन्ट प्रविधिका कारण सिकर्मीको ज्यालादर भने बढ्न सकेको छैन । फर्निचर व्यवसायले औद्योगिक स्वरुप लिँदै गएकाले पनि यस क्षेत्रको ज्यालादर बढ्न नसकेको हुनसक्छ ।

राष्ट्र ब्यांकको तथ्यांक अनुसार डकर्मीको ज्याला दर ५.२ प्रतिशत र सिकर्मीको ज्यालादर ३.९ प्रतिशत बढेको छ । अन्य मजदुरको ज्यालादर पनि औसत ६.१ प्रतिशत बढेको छ । औद्योगिक कामदारको ज्यालादर भने १ प्रतिशतभन्दा कम अन्तरले बढेको देखिन्छ ।

तर औद्योगिक क्षेत्रमा काम गर्ने अदक्ष कामदारको ज्यालादर भने अस्वभाविक रुपमा १४.७ प्रतिशत बढेको देखिन्छ । यसरी महंगीदरलाई समायोजन गर्दा डकर्मी, कृषि मजदुर र अन्य ज्यालादारी मजदुरले महंगी थेग्नसक्ने गरी ज्याला बढेको देखिए पनि दक्ष औद्योगिक मजदुर र सिकर्मीको वास्तविक आम्दानी पोहोरभन्दा पनि घटेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा