नौ महिने बालिकाको पसलबाट अपहरण गरेर हत्या, फेरि बचाउन सकेन प्रहरीले



हाम्रो इकोनोमि

 

रौतहटको औरही नगरपालिका–१ स्थित एक पसलबाटै अपहरण गरिएकी ९ महिनाकी बालिकाको हत्या भएको छ ।

औरही बजारका किराना पसलका सञ्चालक सन्तोष चौधरीकी ९ महिने छोरी सोनालिकाको हत्या भएको हो । बालिकाको शव सोमबार अपरान्ह औरही नगारपालिकास्थित फेकु चौधरीको आँप बगैंचामा फेला परेको प्रहरीले जनाएको छ ।

 

घटनाको विरोधमा स्थानीय व्यापारीले विहानैदेखि औरही बजार बन्द राखेका छन् । उनको हत्या कसरी भयो खुल्न सकेको छैन । तर घटनस्थलबाट प्रहरीले दिएको प्रारम्भिक जानकारी अनुसार बालिकाको शरीरभरी नीलडाम देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

बालिकालाई भंगाहा सीतापुर–६ जमुनियाका २५ वर्षीय भरत साहले खेलाउने बहानामा आइतबार साँझ अपहरण गरेको पारिवारिक स्रोतले जनाएको छ । साह केही समयदेखि औरहीमा देखा पर्दै आएका थिए । स्थानीयका अनुसार साहको गतिविधि संदिग्ध थियो । चौधरीको पसलमा रहेको सीसी टीभीबाट पनि साहले बालिकालाई बोकेको फुटेज फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

मृतकका बुवा सन्तोषले जनाएअनुसार राखी परेकोले उनी आइतबार मंलवास्थित बहिनीको घर गएका थिए । पसलमा पत्नी र केटाकेटी थिए । सोही मौका पारेर साह टोपी किन्ने बहानामा आफ्नो पसलमा पुगेको उनले जनाए । ‘टोपी किन्ने निहुँ पारेर ऊ मेरो पसलमा पसेछ’ सन्तोषले भने, ‘मेरो श्रीमतीसँग टोपीको कुरा पनि गरेछ ।

 

अनि मेरो नाम लिंदै सन्तोष दाइले दाम मिलाएर दिनुहुन्छ तपाई त चिन्नु पनि हुन्न भन्दै मेरो छोरीलाई काखमा बोकेछ । खेलाउँदा खेलाउँदै मेरी श्रीमती सामान बेच्न व्यस्त भएको मौका छोपी बेपत्ता बनाएछ । हत्या गर्ला भनेर त सोचेका पनि थिएनौं ।’

 

अपहरणको जानकारी लगत्तै जिल्ला प्रहरीका डिएसपी खगेन्द्रबहादुर खड्काको कमाण्डमा रातिदेखि नै खोजी शुरु भएको थियो । तर, प्रहरीको यो प्रयास अन्नतः विफल बनेको छ । परिवार र गाउँलेले घरदेखि भारतीय सीमासम्म खोजी कार्य जारी राखेका थिए ।

 

अपरान्ह गाउँकै बगैंचामा बालिकाको शव फेला परेपछि अहिले औरही शोकमा डुबेको छ । घटनामा संलग्न साहबारे प्रहरीले उनको बुवा र दाजुसँगै सोधपुछ गरिरहेको जनाएको छ । केहि समयअघि मात्र काठमाडौं काँडाघारीका एक बालकको अपहरणपछि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...