मापदण्ड विपरितका सबै मेडिकल कलेज खारेज गर्नुपर्छः भट्टराई



हाम्रो इकोनोमि

 

 

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरित सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् ।

 

नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानविन गरी मापदण्ड विपरित रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

 

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे ।

 

नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिबद्ध रहेको दावी पनि गरे । वर्षौ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ ।

 

नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अव ढिलाई नहुने विश्वास पनि व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...