नेकपाः कानून र सुकुम्वासी सङ्गठनमा सहमति



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनको नाम ‘नेपाल कानून व्यवसायी सङ्गठन’ राख्ने सहमति भएको छ ।

 

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन र गणतान्त्रिक तथा प्रगतिशील कानून व्यवसायी सङ्गठनको एकतापछि बन्ने सङ्गठनको नाम फेरिएको एकता कार्यदलका सदस्य रघुजी पन्तले जानकारी दिनुभयो ।

 

नयाँ सङ्गठनका संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेललाई प्रस्ताव गरिएको छ । कूल ४५ सदस्यीय कार्यसमितिका लागि प्रस्ताव गर्दै पार्टी महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदनसमेत बुझाइएको कार्यदलका अर्का सदस्य नेपालले जानकारी दिनुभयो ।

 

कार्यदलमा पन्त, रमण श्रेष्ठ, वर्षमान पुन र नेपाल रहनु भएको थियो । यसैगरी भूमिहीन सङ्गठनको नाम ‘नेपाल राष्ट्रिय भूमिहीन सुकुम्वासी सङ्गठन’ राख्ने सहमति भएको छ ।

नेपाल भूमिहीन सुकुम्वासी सङ्गठन र अखिल नेपाल सुकुम्वासी सङ्घको एकतापछिको नाम पनि फेर्ने सहमति भएको सुकुम्वासी सङ्गठनका निवर्तमान महासचिव सरेश नेपालले जानकारी दिनुभयो ।

 

उनान्सय सदस्यीय नयाँ बन्ने केन्द्रीय कार्यसमितिका लागि संयोजकमा सुकुम्वासी सङ्गठन र सहसंयोजकमा सुकम्वासी सङ्घले दिइने समेत सहमति भएको उहाँले जानकारी दिनुभयो । सुकुम्वासी सङ्गठनको एकताका लागि हरिबोल गजुरेल, रामप्रीत पासवान, शत्रुघ्न महतो र दीपक थापाको कार्यदल बनाइएको थियो ।

 

यसैगरी अनेरास्ववियूका नाममा सहमति भएपछि नेतृत्वमा अझै सहमति हुनसकेको छैन । तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङले नेतृत्वमा अझै सहमति हुन नसकेको बताउनुभयो । उहाँका अनुसार ४९९ सदस्यीय समिति बनाउने सहमति भए तापनि सङ्गठनका संयोजक र सहसंयोजकमा अझै सहमति भएको छैन । नेतृत्वमा सहमत हुन नसक्दा प्रतिवेदनसमेत बुझाइएको छैन ।

 

यस्तै युवा सङ्गठनको नाम र नेतृत्वमा पनि अझै सहमति भएको छैन । योङ कम्युनिष्ट लिग (वाइसिएल) का अध्यक्ष रामप्रसाद सापकोटाले कार्यदलले चाँडै बसेर नाम र नेतृत्वबारे टुङ्गो लगाउने बताउनुभयो । यस्तै अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ ९क्रान्तिकारी०बीचको एकता पनि अघि बढ्न सकेको छैन ।

एकताका लागि उपसमिति बनाएर काम थालिए पनि उपसमितिले कार्यदललाई प्रतिवेदन नबुझाएको हुनाले एकता प्रक्रिया अगाडि बढ्न नसकेको अनेमसङ्घका अध्यक्ष गोमा देवकोटाले जानकारी दिनुभयो ।

उहाँले एकता प्रक्रिया अगाडि नबढ्दा नाम र नेतृत्वमा पनि सहमति अझै नखोजिएको जानकारी दिनुभयो । नेकपा कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बीच गत जेठ ३ गते एकता भएपछि जनवर्गीय सङ्गठनको एकता तीन महिनाभित्र गरिसक्ने भनिए तापनि अहिलेसम्म इञ्जिनीयरको मात्र एकता भएको छ ।

पार्टीले यही भदौ ७ गतेसम्म सात प्रदेश र जनवर्गीय सङ्गठनलाई एकताको प्रतिवेदन बुझाउन भने तापनि केहीले मात्र बुझाएका छन् । अहिलेसम्म प्रदेश नंं १ र २ बाहेक अन्य सबै प्रदेश कमिटीले पार्टी महासचिव पौडेललाई प्रतिवेदन बुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...