कांग्रेसका मेयर–उपमेयरलाई कार्यालयमा बोलाएर देउवाले भने, सत्तारुढ दल सत्ता कब्जा गर्ने दाउमा छ चनाखो बन्नुस्’



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कपा सत्ता कब्जा रणनीतिमा रहेको आरोप लगाएका छन् ।

 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग पार्टी कार्यालयमा आज गरेको अन्तर संवादमा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रणमा राख्ने प्रयास गरेर सत्ता कव्जाको प्रक्रिया थालेको बताउँदै भने, ‘तपाईहरु चनाखो भएर काम गर्नुस् ।’

 

सभापति देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै कांग्रेसले जितेका स्थानीय तहमा कर उठाउदा ध्यान दिन निर्देशन दिए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ तर अधिकार प्रयोग गर्दा ध्यान दिनु होला ।’

 

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे । ‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने ।

 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...