कांग्रेसका मेयर–उपमेयरलाई कार्यालयमा बोलाएर देउवाले भने, सत्तारुढ दल सत्ता कब्जा गर्ने दाउमा छ चनाखो बन्नुस्’



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कपा सत्ता कब्जा रणनीतिमा रहेको आरोप लगाएका छन् ।

 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग पार्टी कार्यालयमा आज गरेको अन्तर संवादमा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस र सुरक्षालाई नियन्त्रणमा राख्ने प्रयास गरेर सत्ता कव्जाको प्रक्रिया थालेको बताउँदै भने, ‘तपाईहरु चनाखो भएर काम गर्नुस् ।’

 

सभापति देउवाले पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै कांग्रेसले जितेका स्थानीय तहमा कर उठाउदा ध्यान दिन निर्देशन दिए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ तर अधिकार प्रयोग गर्दा ध्यान दिनु होला ।’

 

कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे । ‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने ।

 

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...