सरकारसँग वार्ता गर्न विप्लव नेकपाद्वारा ठाडै अस्वीकारः सरकारले दमनको नीति लियो



हाम्रो इकोनोमि

 

 

 

बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । विना कारण आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै आक्रोसित बनेका नेकपाका नेताहरुले सरकारसँगको वार्ता औचित्यहिन भएको बताएका छन् ।

‘सरकारले बाहिर एउटा कुरा गरेको छ भित्र दमनको नीति लिएको छ । हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधमा जेल हालिरहेको छ तर वार्ताको नाटक पनि मञ्चन गरिहेको छ’ आक्रोसित हुँदै नेकपाको नेता हेमन्तप्रकाश ओलीले भने ‘बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन।’

उनले आफ्ना पार्टीका दर्जनौ नेतालाई विभिन्न आरोपमा सरकारले फसाएको बताए । ‘प्रवक्ता प्रकाण्डलाई काठमाडौंदेखि काभ्रे र नुवाकोटका हिरासतमा सरकारले घुमाईरहेको छ’ यस्तो सरकारसँग कसरी वार्ता थाल्ने ?’ उनले भने ।

सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्न शुक्रवार समिति बनाएको छ । वार्ता समितिले तराईसमा पृथकताबादी अभियान थालेका सीके रावतदेखि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको थियो । समितिले आग्रह गरेलगतै नेकपाले यस्तो प्रतिक्रिया दिएको हो ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...