सरकारसँग वार्ता गर्न विप्लव नेकपाद्वारा ठाडै अस्वीकारः सरकारले दमनको नीति लियो



हाम्रो इकोनोमि

 

 

 

बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सरकारसँग वार्ता गर्न अस्वीकार गरेको छ । विना कारण आफ्ना कार्यकर्तालाई पक्राउ गरेको भन्दै आक्रोसित बनेका नेकपाका नेताहरुले सरकारसँगको वार्ता औचित्यहिन भएको बताएका छन् ।

‘सरकारले बाहिर एउटा कुरा गरेको छ भित्र दमनको नीति लिएको छ । हाम्रा थुप्रै साथीहरूलाई विभिन्न अपराधमा जेल हालिरहेको छ तर वार्ताको नाटक पनि मञ्चन गरिहेको छ’ आक्रोसित हुँदै नेकपाको नेता हेमन्तप्रकाश ओलीले भने ‘बाहिर एकथरी र भित्र दमन गर्ने नीति लिने सरकारसँग वार्ताको औचित्य छैन।’

उनले आफ्ना पार्टीका दर्जनौ नेतालाई विभिन्न आरोपमा सरकारले फसाएको बताए । ‘प्रवक्ता प्रकाण्डलाई काठमाडौंदेखि काभ्रे र नुवाकोटका हिरासतमा सरकारले घुमाईरहेको छ’ यस्तो सरकारसँग कसरी वार्ता थाल्ने ?’ उनले भने ।

सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा विभिन्न असन्तुष्ट पक्षसँग वार्ता गर्न शुक्रवार समिति बनाएको छ । वार्ता समितिले तराईसमा पृथकताबादी अभियान थालेका सीके रावतदेखि विप्लव नेतृत्वको नेकपालाई आग्रह गरेको थियो । समितिले आग्रह गरेलगतै नेकपाले यस्तो प्रतिक्रिया दिएको हो ।

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...