लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे प्रधानमन्त्रीले गृहसँग मागे २४ घण्टे स्पष्टिकरण



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी बालसेना लेनिन विष्टलाई एयरपोर्टमा रोकेकोबारे गृह मन्त्रालयसँग स्पष्टिकरण माग गरेका छन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २४ घण्टाभित्र घटनाबारे लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका हुन्।

 

सोमबार बिहान सम्पादकहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले हिँडडुल गर्न पाउने वैयक्तिक स्वतन्त्रता हनन् भएकोप्रति आफूले ध्यान पुर्‍याउने बताए।

 

‘मैले किन फर्काइयो भनेर सोधेको छु,’ ओलीले सम्पादकहरूसँग भने।

शुक्रबार थाइल्याण्डको बैंककस्थित कार्यक्रममा सहभागी हुन हिँडेका विष्टलाई गृह मन्त्रालयको आदेशमा अध्यागमन विभागले रोकेको थियो।

शुक्रबार ९:५० को आरए ४०१ फ्लाइटमा बैंकक जान लागेका विष्टलाई ‘जुन कार्यक्रममा जान लागेको हो, त्यस विषयसँग सम्बद्ध नेपाल सरकारको कुनै पनि निकायको सिफारिस तथा स्वीकृति’ नभएको भन्दै रोकेको थियो।

विष्टले गृहमन्त्रीका प्रवक्ता सूर्य सुवेदीको निर्देशनमा आफूलाई एयरपोर्टमा रोकिएको आरोप लगाएका थिए।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...