अमेरिकामा प्रहरीको गोली प्रहारबाट काठमाडौंका ठकुरीको मृत्यु



अमेरिकामा प्रहरीले चलाएको गोली लागेर काठमाडौंका एक युवाको मृत्यु भएको छ ।

 

अमेरिकाको कोलोराडो डेनभरनजिक ब्रुुमफिल्डमा प्रहरीले चलाएको गोली लागेर काठमाडौं घर भएका २५ वर्षीय वीरेन्द्र ठकुरीको मृत्यु भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार ती युवकमाथि शनिबार राति गोली प्रहार भएको थियो । उनी आमा र दाइका साथमा घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए ।

 

सडकमा हिंडिरहेका बेला प्रहरीले उनीमाथि गोली चलाएको बताइएको छ । तर, प्रहरीले किन गोली हान्यो कारण खुलाइएको छैन । स्थानीय सञ्चारमाध्यका अनुसार गोली लागेका ती युवकलाई प्रहरीले नै अस्पताल लिएर गएको थियो ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ । मृतकको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ । मृतककी आमा अहिले बेहोस छिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा