प्रधानमन्त्री ओलीको प्रचण्डलाई पाँच प्रश्न, गृहमन्त्रीले कञ्चनपुर सम्हाल्न सकेनन के गरुँ



हाम्रो इकोनोमि

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा आेली नेपाली राजनीतिमा मात्र नभई अन्तराष्ट्रिय जगतमा समेत उनको चर्चा व्यापक हुने गरेको छ ।

आेलीले भर्खरै मात्र त्रिशुली नदिमा नेपालको पहिलो पानी जहाज उद्घाटन गर्दै अव देशले खोजे जस्तो नयाँ इतिहास रचेको जनाएका छन् । यस्तै, आजै दिउसो  दिनको १ बजे चीन-केरुङ-काठमाडाैं रेलको उद्घाटन गर्न चिनियाँ प्रधानमन्त्रीका साथ उनी अन्तराष्ट्रिय विमानस्थल लुम्बिनिबाट पोखरा हुदैँ केरुङ पुग्ने कार्यक्रम रहेको छ ।

यसै क्रममा आफ्ना पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसंग गरेको कुराकानीको सम्पादीत अंशः

आेलीः १० वर्ष युद्ध गरेर जनता मारेर आएको मान्छे अहिले शान्तिपूर्ण राजनीतिमा कस्तो अनुभव गर्नु भाछ ?

प्रचण्डः मनि निश्चित रुपमा आेली जी ले पार्टी एकता पश्चात के भन्ने के नभन्ने भन्ने कुरामा ख्याल गरेर पार्टीको मर्यादालाई नमिच्न अनुरोध गर्दै म के भन्न चाहन्छु भने नेपालमा कसैले गर्न नसक्या काम प्रचण्डले गरेर देखाउछ भन्ने उदाहरणका रुपमा लिनुस यत्ति हो ।

आेलीः मलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षमा आफू भन्दा माथी स्विकारेर आउनु भो यसमा कतै पछुतो लाग्या त छैन ?

प्रचण्डः पहिलो कुरा के बुझ्न जरुरी छ भने प्रचण्ड जहाँ जान्छ त्यहाँ आफ्नो स्थाल सजिलै बनाउन सक्छ । अहिले को तलमाथि भनेर भोली लज्जाको विषय बन्ने खालको कुरा गरेर आफैले आफैलाई असहज नबाउदा राम्रो होला ।

आेलीः पार्टी एकता पश्चात धेरै नबोलेर बसिराख्नु भाछ, मेरो नेतृत्वको सरकारलाई त्यति खुलेर सपोर्ट पनि गर्नु भा छैन आखिर किन ?

प्रचण्डः सरकारको नेतृत्व गर्न सक्नेले मन्त्री मण्डल र अहिले घटेका विभिन्न घटना सम्हाल्नुस् नत्र भने मार्ग प्रशस्त गर्नुस । पहिले पनि एकपटक मैले तपाईलाई देखाइसकेको छु । प्रचण्डसंग कुम जुधाउदा के हुन्छ भन्ने कुरा होइन । म बोलेर तपाईको सरकारलाई राहत हुन्छ भने बोलिदिउला ठिकै छ तर, तपाईले पनि प्रचण्डका विरुद्ध सुटुक्क कुरा नगर्नुहोला हुन्न ।

आेलीः अहिले तपाईँका पूर्वसहयोद्धा कमरेड (गृहमन्त्री) ले कञ्चनपुर सम्हाल्न सकेनन्, उनको विस्थापनमा मेरो ध्यान जान थालेको छ के गरुँ ?

प्रचण्डः म उनलाई बहिर्गमन गर्न सक्छु तर कहि समय रोक्नुस् । कञ्चनपुर घटनालाई विपक्षीले अतिरञ्जीत गरेर सहयोद्धा कमरेडलाईअसफल सावित गराउन खोजेका हुन् र अर्को कुरा पार्टी भित्रैका पनि विपकक्षी भेटेको छु तिनीहरुलाई तह लाउनुस् ।

आेलीः अन्त्यमा विस्मटेकले मेरो दिमाग ह्याङ्ग बनाइसकक्यो लाै न के गरु ? विपक्षी कांग्रेसका नेताहरुलाई सम्झाइदिनु पर्यो ।

प्रचण्डः विस्मेकको तयारी र यसबारे भएका प्रगतिको बेलैमा समिक्षा गरेर बाँकी काम थालेको भए आज यो स्थिति आउने नै थिएन । ठिकै छ सवैले सवै कुरा जान्दैन पनि अव बाकी कुरा सहज ढंगले अगाडी बढाउदै लाने हो । विपक्षीको काम भनेकै यस्तै हो । तै पनि म भन्दिम्ला । नेपालपानाबाट

यो सवै कुराकानी गाइजात्रा विषेश भएकाले अन्यथा नलिनु हुन सवैमा अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस
एमालेकै कित्तामा उभिँदै कांग्रेस

    प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दामा एमाले र कांग्रेस एकैठाउँमा उभिएका छन् ।...

कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता...

सर्वपक्षीय सरकार माग्दै काठमाडौंमा जेनजीको प्रदर्शन

    सर्वपक्षीय सरकार सरकार गठनको माग गर्दै माइतीघरमा सोमबार प्रदर्शन भएको छ...

रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

        राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले...